आज भ्यालेन्टाइन डे यसरी राख्नुहोस प्रेम प्रस्ताव



फागुन २ गते , हुन त प्रेम आफूले मात्र चाहेर हुने कुरा पक्कै होइन । दुबैले एकअर्कालाई मन पराउनुपर्छ । रुचाउनु र एकअर्कालाई राम्रोसँग बुझ्नु अति आवश्यक पर्छ । एकअर्कालाई स्विकार्नुपर्छ । तर यो बिन्दुसम्म आइपुग्नका लागि भने केहि चरण भने पक्कै पार गर्नै पर्छ । कसैलाई देख्नसाथ वा मन पराउनसाथ दुबैको मन मिलिहाल्छ र स्वीकार गर्छन भन्ने पनि हुँदैन । यसका लागि कसै न कसैले पहल गर्नुपर्छ । अर्थात आफुले मन पराएका साथीलाई आकर्षित गर्नु पर्छ । त्यसैले पहिलो चरण हो आफूले मन पराएको साथीलाई आफूतर्फ आकर्षित गर्नु हो । आफूले जसलाई मन पराइन्छ उसको भावना बुझ्नुपर्छ । सोझौ प्रेम प्रस्ताब राखि हाल्नु सुहाउँदैन । वा म तिमीलाई मन पराउछु भन्दैमा कसैसँग प्रेम बसिहालने पनि होइन । त्यसैले आफूले मन पराएका युवक वा युवतीलाई प्रस्ताव राख्नुअघि उनको मन जित्नु पनि कै आवश्यक छ । कसरी आकर्षित गर्ने ? सर्वप्रथम आफूले मन पराएका युवक वा युवतीले अरु कसैलाई मन पराएको छ, छैन ? वुझ्नुपर्छ । यदि कुनै पार्टनर छैन भने मात्र आफूले प्रक्रिया अगाडि वढाउनु उपयुक्त हुन्छ । सुरुमा उनको भावनालाई बुझ्ने प्रयास गर्नुपर्छ ।

उनलाई कसरी प्रभावित बनाउन सकिन्छ, त्यही किसिमको व्यवहार गर्नुपर्छ । जब तपाइले मन पराएका व्यक्ति आफू प्रति आकर्षित छ भन्ने कुरा महसुष हुन्छ, तब मात्र प्रेम प्रस्ताव राख्दा राम्रो हुन्छ । यद्यपी प्रस्ताव राख्दा ठाडै ‘म तिमीलाई मन पराउ छु’ भन्नु उपयुक्त हुदैन् । वरु आफूले उक्त मन पराएको व्यक्ति संग राम्रो मित्रताको भावनालाई सुमधुर बनाउदै लैजानु पर्दछ । जब आत्मीयता बढ्दै जान्छ तब मात्र प्रेम प्रस्ताब राख्दा उपयूक्त हन्छ । त्यसको प्रतिक्रिया माग्नु पर्छ । प्रेम सम्वन्ध सुमधुर राख्ने राम्रो उपाए प्रेममा परे पछि एकअर्का संग भेट त हुने नै भयो । यसका लागि दुवैले समय दिनु र मिलाउनु पर्छ । रमणिय स्थानमा डेटिङ जाने, रमाइलो कुराकानी गर्ने । यसले प्रेम सम्वन्ध मजवुद वनाउन नी कै सहयोग गर्छ । प्रेमी र प्रेमिकावीच सधै भेटघाट नहुन सक्छ । आफ्नै कार्यव्यस्तताका कारण भेट्ने कुरा गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा फोन तथा एसएमएस गरेर आफ्नो उपस्थिती जनाउन सकिन्छ । फोनमा रोमान्टिक कुराकानी गर्दा, म्यासेज पठाउँदा पनि आफ्नो प्रेम सम्वन्धलाई सफल बनाउन सकिन्छ ।

प्रेमी र प्रेमिकावीच खुलेर कुराकानी हुन जरुरी छ । एकअर्काको सोचाई, भावना दुवैले वुझ्नु पर्छ । यसवाट कतिपय अवस्थामा सृजना हुने गलत सोचाइ हटाउन मद्दत मिल्छ यस्कालागि एकआर्कामा सबै कुराहरुको सेयरिङ हुन अति आवश्क हुन्छ । डेटिङ स्पटको छनौटप्रेमी र प्रेमिकालाई डेटिङका लागि प्रस्ताव गर्न सकिन्छ । यद्यपी यस अघिनै आफूले कुन स्थानमा डेटिङ जाने ? यस सम्वन्धमा टुंगो गरिसक्नु पर्छ । प्रेमी वा प्रेमिका डेटिङका लागि राजी भइसकेपछि ‘डेटिङ स्पटको’ खोजीमा अलमलिनु हुदैन् । यदि अगाडि नै योजना तय नभए दुवैले छलफल गरेर डेटिङ स्पट छनौट गर्दा पनि राम्रो पनि हुन्छ । प्रेमिकाको खुशीका लागि प्रसंसा गरौ आफ्नो प्रेमिकाको प्रशंसा गर्न कतिपनि कञ्जुस्याइ गर्नु हुन्न । प्रेमिकाको राम्रो एवं सकारात्मक पक्षको सधै खुलेर प्रशंसा गर्नु होस् ।

प्रशंसाले जो कोहिलाई खुसी तुल्याउ छ । मायामा ‘केयरिङ’ महत्वपूर्ण हो । प्रेमिकाले पनि हामीवाट त्यही कुराको अपेक्षा गरेको हुन्छ । आपूmले पनि त्यस्तै व्यवहार देखाउ पर्द छ, जसले प्रेमिकालाई केयर गरिरहेको आभाष मिलोस् । समर्थन गर्नु होस् । प्रेमिकाको कुरालाई वढी खण्डन गर्न थालियो भने त्यसको नकारात्मक प्रभाव पर्न जान्छ । यस किसिमको व्यवहारले प्रेमिकाले आफुलाई होच्याएको महसुश गर्न सक्छन् । त्यसैले उनको भावनालाई सम्मान एवं समर्थन गर्नुपर्छ । भ्यालेन्टाइन गिफ्टको राम्रो छनोटभ्यालेन्टाइनको अवसरमा के गिफ्ट दिने ? धेरै जोडीलाई यहि प्रश्नले सोचमग्न वनाएको हुन सक्छ ।

बजारमा भ्यालेन्टाइनका लागि अनेकौ गिफ्ट उपलव्ध हुने गरेको छ । सांकेतिक रुपमा प्रेम दर्शाउने रातो एवं पिंक कलरका गिफ्ट आइटम यसवेला उपयुक्त हुन्छ । वजारमा उपलव्ध गिफ्ट मध्ये आफ्ना प्रेमी वा प्रेमिकाका लागि कस्तो आइटम ठीक होला ? यस सम्वन्धमा एकपटक सोचविचार गर्नैपर्छ । गिफ्ट गरिद गर्नु अघि पे्रेमी र प्रेमिको रुची, सौख, भावनाका वारेमा वुझ्नुपर्छ । उनीहरुको रुची अनुसारको गिफ्ट खरिद गरेर दिनु उपयुक्त हुन्छ । यसरी गिफ्ट छनौट गर्दा आफ्नो आर्थिक हैसियतलाई पनि ध्यानमा राख्नुपर्छ । प्रेमीका फकाउनका लागिआफ्नी प्रेमिकालाई प्रभावित गर्न उनको सौन्दर्यको प्रशंसा गरौ । यद्यपी हट र सेक्सी चाहि नभनौ । यसो भन्दा अनर्थ लाग्न सक्छ ।

प्रेमिकाको हात समाउ र प्रेमपूर्वक सिरमा चुमौ । उनको सानो कुरालाई पनि ख्याल गरौं । कहिले कहि उनलाई मन पर्ने म्युजिक सुनाऔं, फिल्म हेर्न लैजाऔं । फेसनेवल तथा स्टाइलिस पहिरन लगाउने । यसवेला पहेंलो, पिंक एंव रातो रंगको पहिरन उपयुक्त हुन्छ ।,

प्रकाशित मिति : २०७५ फागुन २ गते बिहीबार