शसस्त्रको गाडिको ठक्करबाट एक घाइते



कोहलपुर फाल्गुन ०२, शसस्त्र प्रहरीको गाडिले कोहलपुरमा स्कुटरलाई ठक्कर दिदा एक जना घाइते भएका छन् । कोहलपुर नगरपालिका १० रामनगरमा शसस्त्रको गाडिको ठक्करबाट बुधबार साझ स्कुटर चालक घाइते भएका हुन् ।

ना १ झ ७२१ नम्बरको शसस्त्र प्रहरीको गाडिले भे ८ प ७७१७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । गाडिको ठक्करबाट स्कुटरमा सवार सोही ठाउँका ६५ बर्षिय रामचन्द्र शर्मा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ ।

शर्माको दाहिने खुट्टामा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ । शसस्त्रको गाडि र स्कुटर दुवैलाई इलाका प्रहरी कार्यालय कोहलपुरले आफ्नो नियन्त्रणमा राखेको छ । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन २ गते बिहीबार