8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

रेडक्रस पुरैनी र बेतहनीको उपशाखा सभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २७, २०७५  

कोहलपुर २७, / नेपाल रेडक्रस सोसाईटी पुरैनी तथा बेतहनी उपशाखाको १४ औं उपशाखा सभा सम्पन्न भएको छ । पुरैनीले आफ्नै भवन तथा बेतहनीले आफ्नै निर्माणधिन भवन परिसरमा शनिबार एक कार्यक्रमकाबीच उपशाखा सभा सम्पन्न गरेका हुन् ।

पुरैनी उपशाखा सभामा बोल्दै रेडक्रसका पुर्व केन्द्रीय उपाध्यक्ष सनत रेग्मीले देशको बिपत तथा जोखिमपछिको उद्धार कार्यमा सबैभन्दा पहिले रेडक्रसको नाम आउने गरेको बताए । उनले रेडक्रस यो अवस्थामा आउनुमा सबै जनसमुदायको साथ र सहयोग कारण नै यस्तो सम्भव भएको दाबी गरे । समुदायमा आइपर्ने बिपतबाट बच्न तथा जोखिम न्युनिकरणका लागि अझै पनि समुदायमा सक्रिय भए पिडित हुनेको संख्यामा कमी आउने पूर्व केन्द्रीय उपाध्यक्ष रेग्मीले बताए ।

पुरैनी उपशाखाका पूर्व सभापति तथा रेडक्रस प्रदेशसभा सदस्य राजकुमार बर्माले सबैका साथ सहयोग भएको अवस्थामा समुदाय निम्तिने जोखिमलाई नियन्त्रण गर्न सकिने भएकाले सबै एक हुनुपर्ने बताए । त्यस्तै वडा नं. २२ का वडा अध्यक्ष बिद्याराम बर्माले रेडक्रस मानवीय सेवामा समर्पित भएको एक मात्र संस्था भएको हुँदा सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

उनले आफु्ले वडा अध्यक्षका हैसियतले भावी दिनमा उपशाखामा एम्बुलेन्स ल्याउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उपशाखा सभापति फन बहादुर गुरुङ्गको सभापतित्वमा भएको सभामा शहिद स्मारक माध्यमिक बिद्यालय कम्दीका शिक्षक नायक भुपेन्द्र रेग्मी, अवधी पत्रकार संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष सूर्यलाल यादव लगायतले रेडक्रसलाई बलियो बनाई दिगो समाजसेवामा समर्पित हुन लाग्नुपर्नेमा जोड दिए ।

यसैबीच शनिबार नै बेतहनी उपशाखा सभामा बोल्दै डडुवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष भण्डारीलाल यादवले एक महिनाको तलव दिने प्रतिवद्धता जनाए । बेतहनीमा आयोजना भएको १४ औं उपशाखा सभामा बोल्ने क्रममा उपशाखाको भवन निर्माणका लागि आफुले एक महिनाको तलब उपशाखालाई दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     10:20:14 AM  |