8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

करार खेती लालपुर्जा दिन होइन – मन्त्री पौडेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ६, २०७५  

 

कोहलपुर ६ माघ/प्रदेश नं ५ की भुमी व्यवस्था तथा कृषी सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले ल्याएको करार खेती लालपुर्जा दिन नभई किसानहरुको आयआर्जन र जिकोपार्जनमा सहयोगका लागी ल्याइएको बताएकी छिन । बिहीबार भुमि अधिकार मंच बर्दियाले गुलरिया –२ भरियामा आयोजना गरेको माघी मिलन तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएकी हुन । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले किसानहरुले जमिनदारको जमिनमा खेती गरे वापत अधिया पाइने प्रवृतिलाई अन्त्य गर्न जमिनको ठेक्काको पेैसा प्रदेश सरकारले तिरिदिने र किसानले उत्पादन गरेको सबै उत्पादन किसानले नै पाउने गरि प्रदेश सरकारले करार खेतीको योजना ल्याएको बताइन । साथै उनले जमिनदारहरुले समेत जग्गा जोत्नेलाई लालपुर्जा दिन्छन की भनेर जमिन ठेक्कामा दिन डराईरहेको हुदाँ यस विषयमा प्रष्ट पारिदिन स्थानीय सरकारका जनप्रतिनधिहरुलाई अनुरोध गरिन । ्

त्यस्तै मन्त्री पौडेलले सुकुम्बासी र भुमिहिनहरुका समस्या सधै उठिरहने हुदाँ ति विषयहरु पुनः नउठ्ने गरि समस्या समाधन हुने र स्थानीय सरकारबाटै लालपुर्जा बाड्ने कानुनको पर्खाइमा रहेको बताईन । कार्यक्रममा बोल्दै बर्दिया क्षेत्र नं १ का प्रदेश सांसद तिलक शर्माले यतिबेला कानुन निमार्णको प्रक्रियामा मा रहेको र सुकुम्बासी र भुमिहिनका समस्याहरु कानुनले समाधान गर्ने बताए । साथै उनले भुमि व्यवस्थापनको सरकारले कानुन निमार्ण प्रक्रिया तिव्रताका साथ अगाडी बढाईरहेको बताए ।

कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बर्दिया जिल्लामा सबै भन्दा धेरै सुकुम्बासी तथा भुमिहिनको समस्या भएको बताउदै जोतभोग गरेका किसानका नाममा लालपुर्जा नभएको बताए । कार्यक्रममा बोल्दै गुलरिया नगरपालिका वडा नं २ का वडाध्यक्ष टंक अधिकारीले हिजो जनता संग भोट माग्दा गरेका वाचाहरु पुरा गर्न मन्त्री पौडेल तथा सांसद शर्मालाई सुकुम्बासी समस्या समाधानका लागी पहल गर्न अनुरोध गरे ।

कार्यक्रममा बोल्दै गुलरिया नगरपालिका–२ का पुर्ण बहादुर महतराले जनप्रतिनिधीहरुले निर्वाचनको बेला तपाई भोट दिनुस हामी पुर्जा दिन्छौ भनेको हुदाँ अब त्यो समय आएको बताए । त्यस्तै बारबर्दिया–६ का खगेन्द्र बि.क ले बदिर्यामा रहेका भुमीहिनहरुको समस्या समाधान गरि दिन आग्रह गरे साथै उनले आफुलाई समस्या पर्दा सो पुर्जा धितो राखेर समस्या टार्न मिल्ने लालपुर्जा दिइनुपर्ने बताए । कार्यक्रममा जिल्ला भुमी अधिकार मंच बदिर्याका होमेन्द्र थापाले जिल्लाको भुमीहिन तथा सुकुम्बासीका ९ बुदे मागपत्र प्रस्तुत गर्दै मन्त्री पौडेललाई मागपत्र बुझाएका थिए कार्यक्रममा अन्तरपाटी महिला संजाल बदिर्याकी अध्यक्ष टिका सिँह गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरु सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः आइतवार, माघ ६, २०७५     2:42:38 PM  |