12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

कोहलपुरमा नेपाल ग्रिन जोन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस २०, २०७५  

कोहलपुर, २०/ बाँकेको कोहलपुर नगरपालिका —८ बाबा नगरमा नेपाल ग्रिन जोन संचालनमा आएको छ । ग्रिन जोनको बिहीबार एक कार्यक्रमका बिच कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले रिबन काटेर उद्घाटन गरे । उद्घाटन गर्दै अध्यक्ष अधिकारीले बढ्दो शहरीकरण संगै काठको अभाव हुदै गईरहका बेला युवाहरुले स्थापना गरेको उद्योग निकै प्रभावकारी हुने बताए । निजीक्षेत्रका युवा उद्यमीले स्थानीयको मागलाई मध्येनजर गर्दै ग्रिन जोन संचालनमा ल्याएकोमा उनले प्रशसा गरे । वातावरणको संरक्षण हुने र खिया नलाग्ने झ्याल ढोकाहरुका लागी ग्रिन जोन उदाहरणीय बन्ने अध्यक्ष अधिकारीले बताए । कोहलपुरका चार युवाहरू सरोज हमाल, राजेन्द्र रिजाल, दिनेश पौडेल र सनत रेग्मीले पाँच करोड लगानीमा ग्रिन जोन संचालनमा ल्याएका हुन् । उद्घाटन समारोहमा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगरकमिटिका सभापति बलराम शर्माले वनजंगल जोगाउने माध्यम ग्रिन जोन बन्नसक्नुपर्ने बताए । कोहलपुर क्षेत्रका युवाहरुको यो साहसलाई सम्मान गर्नुपर्ने बताउदै उनले अन्य युवाहरुले समेत यस्ता कामबाट पाठ सिक्नुपर्ने दाबी गरे । संचालक दिनेश पौडेलले वातावरण संरक्षण गर्ने उद्देश्यका नेपाल ग्रिन जोन प्रालीको सुरुवात गरिएको
बताए । अत्याधुनिक युपिभिसी प्रविधिबाट झ्याल ढोकाका समाग्रीहरु निर्माण गरिने उनले जानकारी दिए । नेपालमै पहिलो पटक कोरियन प्रविधिबाट निर्माण गरिएका झ्याल ढोकामा खिया नलाग्ने, कोठाको तापक्रम समय अनुसार यथावत राख्ने संचालक पौडेलले बताए । त्यस्तै उनले रंगरोगन गर्नुपर्ने झन्झट नहुने घाम पानी आगोले असर नगर्ने बांगो टिंगो नहुने हुदाँ यो प्रविधि प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा केहलपुरका सभापति नारायण गौडेल, कोहलपुर नगरविकास समितिका पुर्व अध्यक्ष कृष्ण कार्की, स्थानीय जनप्रतिनिधिहरु, सर्वसाधारण, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, पुस २०, २०७५     9:11:40 AM  |