1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

बाँके र बर्दियाका पोल्ट्रि व्यवसायिहरु एक हुदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १५, २०७५  

नेपालगन्ज /बाँके र बर्दियाका पोल्ट्रि व्यवसायिहरुको छाता संगठन बनाउन पहल गरिने भएको छ । पोल्ट्रि दिवस २०७५ का अवसरमा दुई जिल्लाका पोल्ट्रि व्यवसाय सँग सम्बन्धित व्यवसायिहरुले नेपालगन्जमा बृहद कार्यक्रम गरि त्यसको पहल अघि बढाउने बताएका छन् ।

दिवसका अवसरमा आयोजित कार्यक्रमका संयोजक यज्ञप्रसाद सुवेदिका अनुसार पहिलोपल्ट दुई जिल्लाका व्यवसायिहरुलाई एकै ठाउँमा भेला गरिन लागिएको छ । बाँके र बर्दियाको पोल्ट्रि व्यवसायका समस्याहरु उस्तै भएकोले एकै ठाउँ भेला भई बृहद छलफल गरिन लागेको उहाँले जानकारी दिनुभयो । कुखुरा व्यवसायि संघ बाँकेका अध्यक्ष लाल बहादुर खत्रिका अनुसार हाल बाँके र बर्दियाको पोल्ट्रि व्यवसायीहरु अनेक समस्यासँग जुधिरहेका छन् ।

त्यसमा खुला सिमाका कारण हुने भारतिय कुखुराको तस्करी मुख्य कारण । उक्त कार्यक्रममा व्यवसायिक समस्याको हलका लागि सम्बद्ध सबैका सुझावहरु संकलन गरिने र राज्यलाई दवाब दिईने व्यवसायिहरुले बताएका छन् । पोल्ट्रि दिवस २०७५का सन्धर्भमा भोलि सोमबार विहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी थप जानकारी दिइने कुखुरा पालक व्यवसायि सघं बर्दियाका अध्यक्ष महेश कुमार शाहले जानकारी दिनुभयो ।

प्रकाशित मितिः आइतवार, पुस १५, २०७५     10:07:02 PM  |