कविन्द्र परियार कोहलपुर १५ पुस/बाँकेको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले समृद्धिको यात्रा सरकारबाट भन्दा पनि सहकारीबाट सुरु हुने बताएका छन । शनिबार बैजनाथ –१
मा रहेको देउराली माछा उत्पादक कृषक सहकारी संस्था लि को ९ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै रुचालले यस्तो बताएका हुन साथै उनले बैजनाथ गाउँपालिकाले सहकारी मैत्री निति लिएको बताउँदै सहकारीले स्थानिय तहसँग सहकार्य गरी आफ्ना कार्य योजनाहरु ल्याउनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहकारीको माध्यामबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै स्थानिय सरकारले प्रत्येक वडाहरुलाई उत्पादनमुखी बनाउनका लागि आवश्यक बजेट छुट्याएको बताए ।
कार्यक्रममा बोल्दै पूर्व सिचाई राज्य मन्त्री दल बहादुर सुनारले मुलुकको आर्थिक विकासमा सहकारीले ठुलो योगदान पु¥याएको भन्दै सहकारीलाई राज्यले तीन खम्बे नीति अन्तर्गत समावेश गरेको बताए । साथै उनले सहकारीले उद्देश्य अनुसारको गतिविधि संचालन गर्नु बताउँदै सहकारीले आफ्नो उद्देश्य अनुसार कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्यि सहकारी बोर्डका केन्द्रीय सदस्य देव बहादुर केसीले सहकारीले अब शेयर सदस्यहरु एउटै सहकारीमा मात्र आवद्ध हुनुपर्ने भन्दै एउटै सहकारीबाट आफ्ुनो कारोबार गर्न सुझाव दिएका छन् । साथै उनले गाउँका किसानहरुलाई लगानी गरी आर्थिक रुपमा सक्षम बनाउनका लागि सहकारी भरपर्दौ माध्यम भएकाले सहकारीले अब कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारी संस्थामा आवद्ध नारीहरुको सारी फेरिए पनि जीवनशैली फेर्न नसिएको भन्दै महिलाहरुलाई आत्मा निर्भर बनाउनका लागि सहकारीहरुले सोच्नुपर्ने बेला आएको बताए । कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष गोर्ख बहादुर रोका क्षेत्रीले सहकारीले बचत र ऋण कारोबार मात्र गर्ने होइन संस्थाको नाम अनुसार काम गर्नुपर्छ भने ऐनको नियमानुसार अब छिट्ट्ै नाम अनुसार काम गर्ने बताएका छन् । साथै उनले सहकारीले शेयर सदस्यहरुलाई थप सेवा दिनको लागि ई–सेवा सञ्चालनमा ल्याई बजुलीको बिल तिर्न, मोबाईल तथा डिसहोमको रिर्जाच गर्न र प्लेनको टिकट काटन् सक्ने व्यवस्था गरिएको बताए ।
संस्थाको आर्थिक वर्ष २०७४÷०७५मा कुल करोबार ९ करोड ४९ लाख, शेयर पुँजि ५९ लाख, २ हजार, जगेडा कोष १ करोड ११ लाख ४० हजार, बचत ९५ लाख ६७ हजार र ऋण लगानी ३ करोड ६७ लाख २८ हजार रहेको जनाईएको छ । त्यस्तै कार्यक्रममा उत्कृष्ट कर्मचारी तर्फ टिका भण्डारी, जेष्ठ नागरिक तर्फ तुल्कु सुनार, मिना शाही, उत्कृष्ट बचत तर्फ छलि थापा, टोपेन्द्र शाही, ऋण तर्फ अञ्जु शाही, कृष्ण बहादुर बुढा, उत्कृष्ट समूह अन्तर्गत चन्द्रमा कृषक महिला समूह, नमूना कृषक महिला समूह, हरियाली कृषक महिला समूहलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु, समाजसेवी लगायत संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्