नगरसभा सम्पन्न भएकोमा काँग्रेसद्वारा स्वागत



सल्यान/  पश्चिम सल्यानको बन्गाड कुपिण्डे नगर सभा सम्पन्न भएकोमा नेपाली काँग्रेस बनगाड कार्यसमितिले स्वागत गरेको छ । बनगाड कुपिण्डेको त्रिवेणाि बजारमा आयोजना गरिएको एक कार्यक्रममा उक्त पार्टीले स्वागतयोग्य काम भनेको छ ।

यसअघि नगर सभा नभएको भन्द्दै नेपाली काँग्रेसले मंसिर १० गते दवाव स्वरुप साङ्केतिक विरोध ¥याली, कोणसभा, सम्मेलन मार्फत विरोध जनाउँदै आएको थियोे । ढिलो भएपनि नगर सभाले गति लिएकोमा खुसी जनाएको छ ।

नगर बस्न नसक्दा वृद्ध भत्ता, तलव, विकासे कामकाज ठप्प रहेको थियोे । अब यी सबै कामले जति सक्यो चाडो गति लिने काँग्रेसले आशा समेत गरेको छ ।

साथै वजेटमा पुर्ण ढंगले सदपयोग होस् र गत आर्थिक वर्षमा कार्यनयन प्रक्रियामा केही समस्या तथा अनियमित काम भएकोले यस पटक पुन तेस्ता गतिविधि नदोहोरिन समेत बनगाड कुपिण्डे नगर सयोजक टोप बहादुर भण्डारद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फ आह्वान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २० गते बिहीबार