पिपलबोटको दशौँ वार्षिक साधारण सभा सम्पन्न



 बाँसगढी, बर्दिया/  बर्दियाको बाँसगढीस्थित बासँगढी पिपलबोट बचत तथा ऋण सहकारी सस्था लि.को दशौँ वार्षिक साधारण सभा सम्पन भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा कुल कारोबार १९ करोड ६० लाख ७२ हजार १ सय १३ रुपैयाँ सहितको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष नवराज अधिकारीले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले २६ लाख ४३ हजार २ सय २५ रुपैयाँ शुद्ध नाफा गरेको छ । १ करोड १८ लाख ३५ हजार ६ सय शेयर पुँजी रहेका संस्थाले २ करोड १३ लाख ७० हजार ७ सय ५८ रुपैयाँ बार्षिक बचत गर्न सफल रहेको छ । त्यस्तै आगामी बर्ष संस्थाले ३३ लाख शुद्ध नाफा गर्ने योजना सहितको अनुमानित आयव्यय समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष धनबहादुर बुढाले प्रस्तुत गरेका थिए । संस्थामा हाल ८ सय २१ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, असल व्यवसायी र उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत उत्कृष्ट वचतकर्ता बलिराम चापागाँई र तर्कनाथ थारु, उत्कृष्ट शेयर सदस्यहरुमा भिम बहादुर वली, धन बहादुर खड्का, मान बहादुर चन्द र सुनिता थारु, असल व्यवसायी बाख्रा पालन तर्फ मोहनलाल खत्री, माछापालनतर्फ बढैयातालाका गोलेराम थारु र भैसीपालनतर्फ नोख बहादुर डाँगीलाई सम्मान पत्र सहित दोसल्ला सम्मान गरिएको थियो ।

बासँगढी पिपलबोट बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नबराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी विकास वोर्डका पुर्व सदस्य तथा सविधान सभा सदस्य निर्मल प्रकाश सुवेदी, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत महेन्द्रजंग शाही, इलाका प्रशासन कार्यालयका मोहन प्रसाद लम्साल, बाँसगढी वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र गिरी, संस्थाका संस्थापक अध्यक्ष पुष्पराज बराल, पुर्व अध्यक्ष शिव देवकोटा, उद्योग वाणिज्य संघ बाँसगढीका महासचिव युगपति पौडेल, नेरा माबिका प्राधानाध्यापक निराजन चापागाँई, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधी, समाजसेबी शेयर सदस्य लगायतको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष बद्री बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन व्यवस्थापक पुर्ण बहादुर वलीले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १६ गते आइतबार