कोहलपुर/ बाँकेको कोहलपुर क्षेत्रका होटलहरुको अनुगमन तिव्र पारिएको छ । होटल अनुगमन तथा स्तरीकरण गर्ने क्रममा बुधबार दशविगाह क्षेत्रका होटल तथा रेष्टुरेन्टमा अनुगमन तथा स्तरीकरण गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी खाद्य निरीक्षक नेत्रा बोगटीको नेतृत्वमां कोहलपुर इलाका प्रशासन कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय कोहलपुर तथा होटल व्यवसायी संघ तथा पत्रकारहरुको संयुक्त टोलीले मंगलबारदेखि सुरु गरेको अनुगमन तथा स्तरिकरण अभियान अन्र्तगत खाद्य स्वच्छताका आधारमा गरिएको स्तरीकरमा होटल लाईफ ओकेले सन्तोषजनक श्रेणी अन्र्तगत १ स्टार प्राप्त गरेको छ ।
त्यस्तै ट्रिटप ह्याभ्यान एण्ड कटेजले सामान्य श्रेणी अन्तरगत पहेंलो स्टरकर प्राप्त गरेको छ । कटेजको भान्सा व्यवस्थापन राम्रो नभएका कारण कटेजले पहेलो स्टीकर प्राप्त गरेको अनुगमन समितिले जनाएको छ ।
त्यस्तै बुधबार नै गरिएको अनुगमन तथा स्तरीकरणमा रोयल कवाब हाउसले सन्तोषजनक श्रेणी अन्तरगत १ स्टार होटल अथितिले सन्तोषजनक श्रेणी अन्तर्गत १ स्टार तथा अर्वन तथा रेष्टुरेन्टले सन्तोषजनक श्रेणी अन्तरगत १ स्टार र होटल सिटी प्लाजाले सन्तोषजनक श्रेणी अन्तर्गत १ स्टार प्राप्त गरेको छन् ।
खाद्य स्वच्छताका ५० वटा सूचकहरुमा होटल तथा रेष्टुरेन्टको अवस्थालाई वर्गीकरण गरिने र ९० अंक भन्दामाथि प्राप्त गर्ने होटेलमा ३ वटा तारा भएको स्टीकर ८० अंक भन्दामाथि प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टले २ वटा तारा भएको स्टीकर तथा ५० अंक भन्दामाथि अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टले १ वटा तारा भएको स्टीकर पाउने छन् भने सो भन्दा तलका होटल तथा रेष्टुरेन्टले पहिलो स्टीकरण टाँसिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्