सार्वजनिक लेखा समिति गठन गर्न माग



नेपाली कांग्रेस कोहलपुरले सार्वजनिक लेखा समिति गठनको माग गर्दै कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । सभापति बलराम शर्माको नेतृत्वको टोलीले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई भेटेर लिखित रुपमा ज्ञापनपत्र बुझाएको हो ।

शुसासन र पारदर्शिताको लागि अविलम्ब सार्वजनिक लेखा समिति बनाउनु पर्छ भन्ने धारणाका साथ लिखित रुपमा माग पत्र नगर प्रमुख लाई बुझाईएको कोहलपुर कांग्रेसका युवा नेता सुसिल सापकोटाले बताए ।

नेपाली कांग्रेस कोहलपुरको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख रावतले आउँदो हिउदे अधिवेशनको नगर सभा बाट सार्वजनिक लेखा समितिको गठन गर्ने प्रतिबद्धता जनाएको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले युगयान दैनिकलाई जानकारी दिएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १ गते शनिबार