नेपालगन्ज/ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाँकेले कात्र्तिक २१ गते नेपालगन्जमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपालगन्जस्थित पासाङ्गल्हामु रोडमा रहेको पार्टी कार्यालयमा बृहद शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको हो । शुभ दिपावली, नेपाल सम्वत मोहमद डे, क्रिसमस लगायत पर्वको अवसर पारेर उक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको नेकपा बाँकेका नेता अशोक कोइरालाले जानकारी दिए ।
उनले सो कार्यक्रममा नेकपा प्रदेश नम्बर ५ का इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोख्रेल, नेकपा प्रदेश ५ की अध्यक्ष ओनसरी घर्ती लगायतका नेताहरुको उपस्थिति रहने जानकारी दिएका छन् ।
नेकपा बाँकेका नेता अकलबहादुर वमले शुभकामना आदानप्रदान कार्यक्रमको तयारी भब्य रुपमा भइरहेको जानकारी दिए । कार्यक्रममा सम्पूर्ण नेता कार्यकर्ता, शुभचिन्तक, आमनागरिक, पत्रकार, उद्योगी, व्यवसायी, कानुन व्यवसायी सबैलाई निम्तो गरिएको उनले बताए ।
यस्तै यस अघि नेपाली काँग्रेस बाँकेले गत शनिबार नै आफ्नै कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिसकेको छ ।