महोत्सव सञ्चालनको लागि सर्वपक्षिय छलफल



बर्दिया/   बाँसगढी माघी महोत्सव तथा उद्योग व्यापार मेला सञ्चालनका लागि बुधबार सर्वपक्षिय छलफल गरिएको छ । बाँसगढी उद्योग वाणिज्य संघको कार्यसमिति बैठ्कको निर्णयअनुसार माघी महोत्सव सञ्चालन गर्ने विषयमा सर्वपक्षिय छलफल गरिएको हो ।

छलफलमा सहभागीहरुले बिगतमा सञ्चालन भएका मेला भन्दा फरक रचनात्मक र परिणाममुखी हुने तरिकाले महोत्सव सञ्चालन गरिनु पर्नेमा जोड दिएका छन् । सहभागीहरुले बाँसगढी क्षेत्रमा सञ्चालन हुने महोत्सवलाई महोत्सवको रुपमा मात्रै नभएर सम्पूर्ण बाँसगढीवासीको अपनत्व महशुस हुने गरी बृहत तयारीका साथ लाग्नु पर्ने सुझाव दिएका छन् ।

महोत्सवमा अमर्यादित र उच्छृङ्खल क्रियाकलापहरुलाई निरुसाहित गर्दै स्थानीय कला संस्कृति, भेषभुषा, पहिचान, कृषि उत्पादन, स्थानीय व्यापार प्रवद्र्धन, घरेलु उत्पादन, पर्यटकिय क्षेत्रको व्यापक प्रसार प्रसार गर्नु पर्नेमा सहभागी सबैले जोड दिएका थिए ।

आगामी पौष २७ गतेदेखि माघ ८ गतेसम्म महोत्सव सञ्चालन गर्ने बाँसगढी उद्योग वाणिज्य संघको कार्यसमिति बैठकले निर्णय गरिसकेको संघका अध्यक्ष रामसिंह थारुले जानकारी दिए । उद्योग वाणिज्य संघको सुविधा सम्पन्न सभाहल सहितको भवन निर्माण गर्ने उद्देश्यले बाँसगढी माघी महोत्सव तथा उद्योग व्यापार मेला सञ्चालन गर्ने जनाइएको छ ।

यस्तै सो छलफल कार्यक्रमपछि संघका मनोनित सल्लाहाकारहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिनुका साथै हिन्दु धर्मालम्वीहरुको दास्रो ठूलो चाड दिपावली तथा छड पर्वको उपलक्ष्यमा शुभकामना आदा नप्रसान समेत गरिएको थियो ।

मनोनित सल्लाहाकार समिति संयोजक पुष्पराज बराल, कानुनी सल्लाहाकार संयोजक विकास आचार्य, प्रेस सल्लाकार रेडियो गुर्बाबा एफएमका कार्यकारी निर्देशक एकराज चौधरी लगायत सल्लाहाकार सदस्यहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, उपप्रमुख सुष्मा चौधरी, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य लगायत अतिथिहरुले मनोनित सल्लाहाकारहरुलाई दोसल्ला, टिका र प्रमाण पत्रले स्वागत गरेका थिए ।

बाँसगढी उद्योग वाण्ज्यि संघको यही कार्तिक ९ गते बसेको मासिक बैठकले ७ सदस्यीय सल्लाकार समिति, कानुनी र प्रेस सल्लाहाकार संयोजक सर्वसम्मत रुपमा तोकेको थियो ।

कार्यक्रममा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारुको अध्यक्षतामा भएको सर्वपक्षिय भेलामा बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारी, उपप्रमुख सुष्मा चौधरी, बाँसगढी नगरपालिकाका प्रशासकिय प्रमुख अमर बहादुर खत्री, इलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य, इलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक बसन्त गौतम, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, बढैयाताल उद्योग वाणिज्य सँघका अध्यक्ष बालकृष्ण लामिछाने, सल्लाकार संयोजक पुष्पराज बराल, बिभिन्न राजनितिक दलका प्रतिनिधि, वडा अध्यक्षहरु, संघका पदाधिकारीहरु, उद्योगी, व्यापारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ कात्तिक १५ गते बिहीबार