18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

चर्चित पप गायक खत्री कोहलपुर आउँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५  

कोहलपुर/   चर्चित पप गायक कमल खत्री बाँकेको कोहलपुर आउने भएका छन् । नेपाल तमु विद्यार्थी छोंज धिं बाँकेको आयोजना तथा बेटर बाँकेको प्राविधिक सहयोगमा यही कार्तिक १५ अर्थात भोलि (बिहीबार¬) ‘स्ट्रङ्गल–५’ नामक मोटिभेश्नल सेमिनारका लागि उनी कोहलपुर आउन लागेका हुन् ।

कोहलपुर–८ स्थित सनराईज स्कुलमा हुने भएको सो कार्यक्रममा कोहलपुरका युवालाई लागुपदार्थ दुव्र्यसनी विरुद्दको शिक्षा सहितको मनोरञ्जन दिने उद्देश्यले सेमिनारका सञ्चालन गर्न लागिएको आयोजक तमु विद्यार्थी छोंज धिंका बाँके अध्यक्ष सुदन कुमार गुरुङले जानकारी दिए ।

युवा पुस्ताले निकै रुचाएका पप गायक कमल खत्रीसँगै युवा पुस्ताका माझ लोकप्रिय वक्ता रोहित मल्लको विशेष प्रवचन रहने कार्यक्रम संयोजक ऋषि थापा मगरले बताए ।

संयोजक थापा मगरका अनुसार सेमिनारमा सहभागी हुन चाहनेहरुका लागि रु ३ सयको टिकट राखिएको र ५ सय युवा कार्यक्रममा सहभागी बनाउने योनजा रहेको छ । कोहलपुर नगरपालिका वडा नं.८, ९, १० र को समेत सहयोग रहेको बेटर नेपालका अध्यक्ष युवराज देवकोटाले बताए ।

प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५     8:09:03 AM  |