8 September 2024  |   आइतवार, भदौ २३, २०८१

औलो नियन्त्रणका लागि विषाधी छरिदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १३, २०७५  

राप्तीसोनारी (बाँके)/    बाँकेको राप्तीसोनारी गाउँपालिका–३ बैजापुरको साईपुरमा मलेरिया (औलो) को जिवाणु भेटिएपछि रोकथामको लागि पुरै वडमा विषादी छर्न लागिएको छ ।

राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक बिष्णुप्रसाद चुँदालीले गाउँपालिकाको सबै वडामा गरिएको सर्वेक्षणमा वडानं.३ को साईपुरमा स्थानीय मलेरियाका (औलो) का ३ वटा विरामी फेला परेको कारणले सो वडालाई विषेशरुपमा मलेरिया सार्ने लामखुट्टेको मार्नको लागि बिषाधी छर्न लागिएको जानकारी दिए ।

उनले सो अभियानले जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको प्राविधिक र लजिस्टिक सर्पोट तथा गाउपाँलिकाको आर्थिक सहयोगमा राप्ती सोनारी गाउँपालिकाको वडानं.३ मा रहेको १ हजार २ सय घरधुरीका ६ हजार बढी लाभान्वित हुने बताए ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बाँकेको बघौडा तथा सोनारी क्षेत्रमा यस अघि पनि केही वर्ष अघि फैलिएको स्थानीय औलोको कारण ३३ जनाले ज्यान गुमाउन परेको कुरा स्मरण गर्दै प्रारम्भिक सर्वेक्षणले वडा नं. ३ मा औलोको ३ वटा विरामी भेटिएको पुष्टि भए लगत्तै गाउपालिकाबाट सो को निराकरणको लागि स्वास्थ्य शाखालाई सक्रिय बनाएको बताए ।

उनले भने–‘औलोको कारण कोही पनि जोखिममा पर्नु नपरोस भनेर गाउपालिकाको तर्फबाट सक्दा पहल भएको छ । औलोको जीवाणु भेटिएपछि त्यसलाई निराकरणको लागि हामी अत्यन्तै संवेदनशिल रहेका छौ ।’ उनले सो कार्यमा खट्ने स्वास्थ्यकर्मी, फोरम्यान र स्प्रेम्यानलाई आफ्नो जिम्मेवारी अत्यन्तै संवेदनशिल भएर पुरा गर्नको लागि निर्देशन समेत दिए ।

जिल्ला जनस्वस्थ्य कार्यालय बाँकेका र्औलो फोकलपर्शन रत्नलाल शर्माले सीमापारी माहमारीको रुपमा औलो फैलिए पछि खुलासिमाको कारण बाँकेमा पनि प्रभाव पर्न सक्ने भएकोले आफुहरु सचेत हुँदै गरिएको सर्वेक्षणको क्रममा बैजापुर क्षेत्रमा ३ वटा केस पोजेटिभ भेटिएपछि बिषधी छर्न लागिएको बताए ।

उनले यसकार्यको लागि प्रत्यक्ष आफ्नो निगरानीमा २१ जनाको जनशक्तिले १७ दिनसम्ममा विषधी छरेर सक्ने गरी उनीहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक तालिम समेत दिएको बताए ।

सो अवसरमा गाउपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री, स्वास्थ्य सहसंयोजक केशव केसीलगायतले गाउपालिकालाई औलो मुक्त बनाउनको लागि सरसफाईदेखि विषधी छर्कने कार्यलाई सफल पार्न आव्हान गरेका थिए । –सदरलाइन

प्रकाशित मितिः मङ्लबार, कार्तिक १३, २०७५     7:45:13 AM  |