1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

अखिल छैठौँको बाँके अध्यक्षमा चन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २०, २०७५  

डिल्ली शाही /मिसन समाचारदाता, कोहलपुरस्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठाँै) बाँकेको २०औं जिल्ला सम्मेलन भव्यका साथ सम्पन्न भएको छ । शनिबार कोहलपुरमा सम्पन्न जिल्ला सम्मेलनबाट नवराज चन्दको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा माधव रिजाल, सचिवमा राजु चौधरी, कोषाध्यक्षमा विपिन  धामी, सह—सचिवमा सुनिल चौधरी चयन भएको छन् ।

त्यस्तै सदस्यहरुमा रन्जना क्षेत्री, भुपेन्द्र जैसी, कमल शाही, तमन्ना पुन, रोशन शाही, करण थारु, दिपेश बुढाथोकी, कल्पना केसी, सुवाष दर्लामी, अर्जुन कुमाल रहेको बागेश्वरी बहुमुखी क्याम्पस अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(छैठौँ) का ईकाई कमिटि अध्यक्ष कालि बहादुर डाँगीले बताए ।

त्यस्तै कार्यक्रमका उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(छैठौ)का केन्द्रीय  उपाध्यक्ष हस्त राज रेग्मीले शैक्षिक स्तरमा व्यापारिकरण सामाजिक विकृति र संघियता विरुद्ध आफुहरुले विगतदेखि नै आन्दोलन गर्दै आएको बताए । ‘

 

‘वर्तमान परिस्थितिमा नेपालमा व्यवहारीक शिक्षा हुनुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो ।” उनले भने, ‘‘सानो आगोको झिल्कोले पनि सबै सखाप गरे जस्तै हामी पनि सानो भनेर हुदैन हामी पनि नेपालको विकास र समृद्धिका निम्ती विभिन्न कदम चाल्न पनि तयार छौं ।”

त्यस्तै कार्यक्रममा राष्ट्रिय सभाका महासचिव एवम् पूर्व सांसद हरी आचार्य, अखिल नेपालका पूर्व बाँके जिल्ला अध्यक्ष सरद लामिछाने, युवक संघ बाँकेका अध्यक्ष भरत खड्का, अखिल नेपाल (छैठौ)का सुर्खेत जिल्ला अध्यक्ष हरी बहादुर बुढा लगायतकोे उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियूका कोषाअध्यक्ष कालि बहादुर डाँगीले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, अशोज २०, २०७५     8:38:52 PM  |