कोहलपुर/ कोहलपुर उद्योग वाणिज्य संघले प्रत्येक महिनाको अन्तिम शनिबार कोहलपुर बजारक्षेत्र बन्द गर्दै आइरहेको भएपनि यो महिना भने खुल्ला गर्ने भएको छ ।
उद्योग वाणिज्य संघको निर्णयअनुसार नजिकिदै गरेका चाड पर्वहरु तथा उपभोक्ताहरुको मागलाई मध्येनजर गर्दै यो महिनाको अन्तिम शनिबार पनि बजार सञ्चालन हुने संघका कार्यवाहाक महासचिव मातृका सापकोटाले जानकारी दिए ।
चाड पर्व नजिकिएकोले कोहलपुर बजार क्षेत्रका सबै पसलहरु खोल्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०७५ असोज २० गते शनिबार









प्रतिक्रिया दिनुहोस्