6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

संगीतकर्मी संघ बाँकेको प्रथम जिल्ला अधिवेशन हुँदै

कविन्द्र परियार
प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५  

कोहलपुर/   नेपाल संगीतकर्मी संघ बाँकेशाखाको प्रथमअधिवेशनतथा स्रष्टा सम्मानकार्यक्रमआगामीअसोज १२ गते हुने भएको छ । बुधबार कोहलपुरमापत्रकार सम्मेलन गरेर संघले प्रथमअधिवेशन र स्रष्टा सम्मानकार्यक्रमगर्न लागिएको जनाएको छ ।

पत्रकार सम्मेलनमाबोल्दै संगीतकर्मी संग तर्दथ समितिबाँकेकाअध्यक्ष बलु तामाङले विभिन्न संगितकर्मी हरुको छाता संगठनका रुपमा रहेको संघको प्रथमअधिवेशनबाट अग्रज स्रष्टाहरुलाई सम्मान समेत गरिने बताए ।

”हाम्रो कला र संस्कृतिगौरव पुर्ण शान,कलाकर्मीको उत्थानलागिहाम्रो अभियान”भन्ने नाराका साथहुनगईरहेको अधिवेशनमावरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मी र वरिष्ठ संगितकार सुनिल सागरलाई सम्मानगर्न लागिएको पत्रकार सम्मेलनमाजानकारी दिइएको छ ।

अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । अधिवेशनलाई भव्य रुपले सम्पन्नगर्नकालागिविभिन्न राष्ट्रिय तथा स्थानीयकलाकारहरुले विविध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुतगरिने बताईएको छ ।

कार्यक्रममा नेपाल संगितकर्मी संघ केन्द्रीयउपाध्यक्षनमराज ढुङगाना केन्द्रीय सचिवजीवन परियार नेपाल संगितकर्मी संघ प्रदेश नं ५ काअध्यक्ष लालमणी ढुङगाना प्रदेश संयोजकथानेश्वर अधिकारी लगायतकाअथितिहरु आउने कार्यक्रम रहेको छ ।

अधिवेशन सफलबनाउने प्रभु सुनचाँदीपसलमुख्यप्रायोजकको रुपमा रहेको र कौशल्या अस्पताल प्राली. न्यु एशियन ईलेक्ट्रोनिक्स लगायतका संघ संस्थहरुले सहयोग गरेका छन । पत्रकार सम्मेलनमा संघका सचिवओम शर्मा कोषाध्यक्षगीता नेपालीपत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५     12:11:04 PM  |