18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कोहलपुर उद्योग वाणिज्य संघद्वारा छात्रवृत्ति वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १०, २०७५  

कोहलपुर/  कोहलपुर उद्योग वाणिज्य संघले मंगलबार कोहलपुरमा रहेका ६ वटा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार छात्र छात्राहरु लाई छात्रवृत्ति वितरण गरेको छ ।

नेपाल राष्ट्रिय मा बि खडगवार,ज्ञान्ज्योति माबी चप्परगौडी , नेपाल राष्ट्रिय आधारभुत विद्यालय चटार,शिवशक्ती आधारभुत प्रेमनगरका १४ जनालाइ छात्रवृत्ति बितरण गरिएको संघका अध्यक्ष चक्रबहादुर अधिकारि ले बताए ।

उद्योग वाणिज्य संघले गत बर्ष लगायतको महोत्सवको सामाजिक उत्तरदायित्व अन्तरगत वितरण गरिएको संघका महासचिव तेजप्रसाद अधिकारिले बताए । २४ हजार ५ सय बितरण गरिएको संघले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, अशोज १०, २०७५     8:39:25 AM  |