दाङ/ छोरी बलात्कार गर्ने बाबुलाई दाङ प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहामनगरपालिका वडा नम्बर ५ की १३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले शनिबार पक्राउ गरेको हो ।
उपचारका क्रममा नेपालगन्ज लगिएकी ति बालिकाको स्वास्थ्य रिपोर्टले आफ्नो बुवाले बलात्कार गरेको खुलेको र ती बालिकाको यौनीमा घाउ लागेपछि उपचारको क्रममा यस्तो तथ्य बहिर आएको इलाका प्रहरी कार्यालयका तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए । बाबुलाई अहिले ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ असोज ७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्