20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जिल्ला स्तरिय फुटवल प्रतियोगिता हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १, २०७५  

बर्दिया/  लक्ष्मणपुरमा प्रथम जिल्ला स्तरिय फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । आइतबार भएको छलफल कार्यक्रममा बाँसगढीको लक्ष्मणपुरमा बेलटारी युवा क्लवको आयोजनामा असोज १५ देखि २४ गते सम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको छ ।

प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन गर्न नेरा मावि लक्ष्मणपुरका शिक्षक खिम बहादुर खड्काको संयोजकत्वमा ३० सदस्यीय खेल सञ्चालन मुल समिति गठन गरिएको छ ।

त्यस्तै प्रचार प्रसार उपसमिति, पत्राचार उपसमिति, खेल मैदान मर्मत उपसमिति, आर्थिक संकलन उपसमिति, साउण्ड र मञ्च व्यवस्थापन उपसमिति, सचिवालय, अतिथि स्वागत तथा सत्कार उपसमिति र मेलमिलाप उपसमिति गरी विभिन्न उपसमिति समेत गठन गरिएको क्लवका सल्लाहकार अनोज थारुले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले ३० किलो बराबरको खसी जित्ने र प्रथम, द्वितीय र तृतियलाई हुने टिमले सिल्ड मेडल तथा उत्कृष्ट खेलाडीहरुलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिने आयोजक संस्थाका खुसीराम थारुले जनाए ।

प्रतियोगितालाई सफल बनाउन बाँसगढी नगरपालिका, वडा कार्यालयहरु, उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी, खेलप्रेमी लगायतलाई सहयोगको लागि आग्रह गरिने समेत छलफलले निष्कर्ष निकालेको छ ।

प्रकाशित मितिः सोमवार, अशोज १, २०७५     8:05:08 AM  |