कोहलपुर/ थारु गित घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँमा सम्पन्न भएको छ । थारु गायक विश्व सागर परियार र सुमन चौधरीको स्वर रहेको थारु गित घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैयाताल गाउँपालिकामा भएको हो ।
झम्कावाली बथनियाको अपार सफलतापछि थारु मोडल राजकुमार चौधरीले फेरी घुम्मर घुम्मरको गितमा मुख्य कलाकारको भुमिकामा आएका छन् । घुम्मर घुम्मर कम्मर घुमाल्योमा राजकुमार थारु , राधा चौधरी र जागेश्वर सिङ थारुले कलाकारको भुमिका निभएका छन् ।
थारु गायक बिश्व सागर परियार र गायिका सुमन चौधरीको स्वरमा रहेको घुम्मर घुम्मर गितको छायाङकन रामु चौधरी गरेका हुन् ।
गीतको शब्द सुखलाल थारुले लेखेका हुन् भने संगीत मनोज बधानले गरेका छन् ।
यस्तै गीतको एरेन्ज पुष्कर खत्रीले गरेका छन् । टीकापुर कैलालीको रियाज रेकर्डिङ स्टुडियोबाट गीत रेकर्डिङ्ग भएको गायक विश्वसागर परियारले जानकारी दिए। थारु मोडल राजकुमार पछिल्लो समयमा निरन्तर थारु म्युजिक भिडियोमा मोडलको रुपमा भुमिका निभाउदै आएका छन् ।
मोडल राजकुमारले कहाँ जाइतो गोरी लचकाईके कमरिया, आगे आगे मोटर बाईक पाछे पाछे मोटरकार र झुम्कावाली बथिनिया बोलको गीतमा मुख्य भुमिकामा अभिनय गरिसकेका छन् ।
गीतको सुटिङ बर्दियामा हुने गायक परियारले जानकारी गराए । घुम्मर घुम्मर बोलको गितको भिडियो आरकेसी मिडिया प्रालि कोहलपुर पिपरीबाट केही दिनमा आउने गायक परियारले जानकारी दिए ।