1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

कोहलपुरमा योग शिक्षक तालिम सञ्चालन गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ ८, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिका स्तरिय पतञ्जली योग समितिले १५ दिने योग शिक्षक उत्पादन तालिम सुरु गर्ने भएको छ ।

समितिले बिहीबार कोहलपुरमा पत्रकार सम्मलेन गरेर तालिम सञ्चालन गरिने जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै पतञ्जली योग समिति बाँकेका उपाध्यक्ष नम प्रसाद शर्माले कोहलपुर नगरपालिका भित्रका सबै वडाहरुमा योग शिक्षक उत्पादन गर्न भदौ ९ गतेदेखि तालिमको आयोजना गरिने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष शर्माले योगबाट धेरै रोगीहरु सन्चो भएको हुदाँ घरघरमा सन्देश पु¥याउने उद्देश्यले तालिमबाट दक्ष योग शिक्षक तयार गरेर वडा वडा योग कक्षा सचालन गरिने बताए ।

पत्रकार सम्मेलमा बोल्दै पतञ्जली योग समिति प्रदेश नं.५ की सदस्य सिता पौडेलले मानिसले बाल्यवस्थादेखि योग गर्न सकियो भने जीवनभर स्वस्थ हुन सकिने बताइन् । योगले निरोग मात्र पार्दैन, अनुशासित समेत बनाउँछ उनले भनिन् । साथै योगले शान्ति स्थापनामा समेत सहयोग गर्ने बताइन् ।

त्यस्तै कार्यक्रमको स्वरुपबारे जानकारी दिदैं पतञ्जली योग समिति कोहलपुर नगर कमिटिका अध्यक्ष गौरीशंकर मण्डलले योग शिविर तालिमामा आयुर्वेदबारे डा.बिपी रेग्मीले परामर्श दिने बताए ।

पत्रकार सम्मेलन कार्यक्रममा पतञ्जली योग समिति कोहलपुर नगर कमिटिका उपाध्यक्ष अशोका केसी, कोषाध्यक्ष सुमित्रा सापकोटा सचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, भदौ ८, २०७५     7:35:21 AM  |