जिम्बावेको राष्ट्रपतिमा इमर्सन मान्गाग्वा विजयी



जिम्बावेमा वर्तमान राष्ट्रपति इमर्सन मन्गाग्वा राष्ट्रपतिमा निर्वाचित भएका छन् । सोमबार भएको चुनावमा ५० दशमलव ८ मत ल्याएर मन्गाग्वा फेरि राष्ट्रपतिमा निर्वाचित भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

जिम्बावेको चुनाव आयोगकी प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले १० प्रान्तको परिणाम सार्वजनिक गर्दै मान्गाग्वा फेरि राष्ट्रपतिमा निर्वाचित भएको जानकारी दिएकी छिन् । उनका अनुसार विपक्षी नेता नेलसन चमिसाले ४४ दशमलव ३ प्रतिशत मत पाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १८ गते शुक्रबार