7 September 2024  |   शनिबार, भदौ २२, २०८१

सम्पादकीय : ट्राफिकको भूमिका बढोस्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ४, २०७७  

ईलाका प्रहरी कार्यालय कोहलपुरले सोमवार यहाँका सरोकारवालाहरुसँग सवारी दुर्घटना न्यूनिकरण र दुर्घटना पश्चात आउने समस्या व्यवस्थापनका लागि छलफल ग¥यो । पछिल्लो समय कोहलपुर क्षेत्रमा सवारी दुर्घटनाको दर बढेसँगै प्रहरीले सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । उक्त अन्तरक्रिया बोल्ने अधिकांशले कोहलपुर क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिती लिएर प्रश्न उठाए । कोहलपुरमा सवारी दुर्घटना पश्चात आएका समस्याहरुले ठूलो क्षती समेत गरिसकेको अवस्था छ । सवारी दुर्घटना पश्चात पीडित परिवारका आफन्तहरुले क्षेतीपूर्तीको लागि सडक अवरुद्ध गर्ने काम यहाँको लागि सामान्य भइसकेको छ ।

सोही कुराहरुलाई न्यूनिकरणको लागि कोहलपुर प्रहरीले यहाँका सरोकारवालाहरुलाई एकै स्थानमा भेला गरेर सुझाव मागेको थियो । सरोकारवालाहरु यस क्षेत्रमा बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरण गर्नुपर्छ भन्नेमा एकजुट त भए । तर कसरी सवारी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ भनेर ठोस सुझाव दिन सकेनन् । विभिन्न निकायबाट प्रतिनिधित्व गरेका प्रतिनिधीहरुले फरक फरक सुझावहरु प्रस्तुत गरे । कोहलपुर क्षेत्रमा ट्राफिक प्रहरीको भूमिका प्रभावकारी बन्न नसकेको विषयमा भने सबैजना एकमत थिए । ट्राफिक प्रहरीले मात्रै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सके कोहलपुर क्षेत्रमा सवारी दुर्घटनामा धेरै कमी आउनसक्ने सरोकारवालाहरुले बताए ।

अब ट्राफिक प्रहरी जंगलको छेउमा बस्ने होइन, पहिले शहर भित्रको ट्राफिक व्यवस्थापनमा खटिनुपर्ने उनीहरुको माग थियो । विकासउन्मुख शहर कोहलपुरमा बेलैमा ट्राफिक व्यवस्थापनमा हुन नसके शहरभित्रै धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनुपर्नेछ । अर्को कुरा कोहलपुर क्षेत्रमा मुख्य राजमार्गसँगै जोडिएका विद्यालयहरु धेरै छन् । सवारी दुर्घटनाको उच्च जोखिममा समेत विद्यार्थीहरु छन् । विभिन्न समयमा केही विद्यार्थीहरुले सवारीको ठक्करबाट ज्यान गुमाइसकेका छन् भने कतीपय घाइते भए । दुर्घटनापछि भएको आन्दोलनले कोहलपुरले ठूलो क्षेती समेत पु¥याए । यस क्षेत्रमा ट्राफिक प्रहरी आफ्नो जिम्मेवारी निभाउने भन्दाखेरी पनि नाकामा ढुकेर रकम उठाउनमा व्यवस्त रहेको जस्तो देखिन्छ । अब ट्राफिक प्रहरीलाई जंगलका छेउछाउमा होइन, सवारीको बढी चाप हुने बजार क्षेत्रमा खटाउनुपर्छ । त्यसो भएको हुनाले अब ट्राफिक प्रहरीले आफ्नो भूमिका इमान्दारिताका साथ निभाउन सके केही भएपनि सवारी दुर्घटना न्यूनिकरण हुनेछ ।

प्रकाशित मितिः बुधबार, चैत्र ४, २०७७     10:50:58 AM  |