बर्दिया/ बर्दियामा जिल्ला दररेटसँग निर्धारित मजदुर ज्याला मजदुरहरुले पाउन सकेका छैन्न । खास गरी जिल्लामा सरकारी निकायबाट सञ्चालित कार्यक्रमबाट नै मजदुरहरु जिल्ला दररेटसँग निर्धारित मजुदर ज्याला मजदुरहरुले पाउन नसकेको जिल्ला समन्वय समिति बर्दियाका उपप्रमुख मान बहादुर विष्टको नेतृत्वमा गरिएको अध्ययन टोलीले जनाएको छ ।
जिल्ला दररेट समितिले गत आर्थिक वर्ष २०७४÷७५ का लागि अध्यक्ष मजदुरको ज्याला ४ सय ४० रुपैया निर्धारण गरेको थियो ।
तर जिल्लामा विभिन्न सरकारी निकायबाट सञ्चालित भौतिक निर्माण विकासमा संलग्न मजदुरहरुले निर्धारित दर भन्दा न्युन ज्याला पाइरहेको अध्ययन टोलीका संयोजक मान बहादुर बिष्टले जनाए ।
उनका अनुसार कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजनाबाट राजापुर नगरपालिकाका विभिन्न ठाँउमा निर्माण भइरहेको स्थानमा ३ सय देखि ४ सय रुपैयाँ मात्र मजुदरले ज्याला पाएका छन् ।
त्यसैगरी हुलाकी सडक आयोजनाबाट सञ्चालित सडक निर्माण कार्यमा संलग्न मजदुरहरुले प्रतिदिन ४ सय रुपैयाँ र ओभर टाईम प्रति घन्टा ५० रुपैयाँका दरले ज्याला ज्याला पाएका छन् ।
जिल्लाका बबई, ओराही, भादा नदी नियन्त्रण आयोजनाबाट सञ्चालित तटबन्धन कार्यमा प्रतिदिन ४ सय रुपैयाका दरले ज्याला पाइरहेका छन् ।
मजुरले बोरामा बालुवा गरी सम्बन्धित ठाँउमा पु¥याउदा प्रति बोरा (कठ्ठा) १० रुपैयाँका दरले पाउने गरेका छन् । निर्धारित ज्याला भन्दा आयोजनाका निर्माण व्यवसायीहरुले कम ज्याला दिदा मजुरहरु मर्कामा परेका छन् ।