कोहलपुर/ कोहलपुर ब्याडमिन्टन क्लब प्रदेश नं.५ कोहलपुरको अध्यक्षमा गणेश प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका छन् । शनिबार कोहलपुरमा सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट कोइरालाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
समतिको वरिष्ठ उपाध्यक्षमा रवि सिग्देल, उपाध्यक्षमा ललित केसी, सचिवमा राकेश केसी, सह–सचिवमा दिनेश श्रेष्ठ, कोषाध्यक्षमा केश बहादुर खड्का, सह– कोषाध्यक्षमा सिता कार्की निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा संगिता सुवेदी, केदार ढकाल, कर्ण बहादुर राना, चण्डी प्रसाद गैरे, निराजन भट्टराई र अंगत बहादुर मल्ल रहेको निर्वाचन मण्डलका संयोजक डा.कुमार शान शाहले जानकारी दिए ।
नयाँ कार्यसमिति चयनका लागि डा. कुमार शान शाहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डदल गठन गरिएको थियो । जसको सदस्यहरुमा लेख बहादुर क्षेत्री र नवराज जोशी रहेका थिए । कोहलपुरमा सम्पन्न दोसो वार्षिक साधारण सभाको प्रमुख अतिथि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा कोलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, महासचिव तेज प्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य संघ प्रलेश नं. ५ का सदस्य नरेन्द्र प्रसाद शर्मा, वडा नं.१० का वडा अध्यक्ष निरज चलाउने, कैलाली ब्याडमिन्टन क्लवका अध्यक्ष नवराज जोशी, सशस्त्र प्रहरी बल बोश्वरी गणका प्रहरी निरीक्षक कुमार न्यौपाने, डा. कुमार शान शाह, मध्य तथा सुदूरपश्चिम राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत कर्ण तिमल्सीना सहभागिता रहेको थियो ।
कोहलपुर ब्याडमिन्टन क्लबका अध्यक्ष गणेश प्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न उद्घाटन शत्र कार्यक्रमको सञ्चालन क्लबका सल्लाहकार संयोजक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेख बहादुर क्षेत्रीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्