चित्रकलाको पहिलो श्रृङ्खला कोहलपुरमा



कोहलपुर/  ‘हाम्रो अभियान, कला साहित्य कोहलपुरको पहिचान’ भन्ने नाराका साथ कोहलपुरमा चित्रकला अन्तर्गतको पहिलो श्रृङ्खला सम्पन्न गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कला विभाग कोहलपुरको आयोजना गरिएकोे सो चित्रकलाको पहिलो श्रृङ्खला कोहलपुरमा सम्पन्न गरिएको हो ।

प्रतिष्ठान अध्यक्ष महानन्द ढकालको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा प्रतिष्ठानको कला विभागमा आवद्ध कलाकारहरुले समसामयिक विषयहरुलाई छनौट गरी एकै ठाउँमा बसेर चित्र बनाएका थिए ।

चित्रकला मार्फत विभिन्न स्थानीय कला सांस्कृतिको पहिचान तथा जर्गेना गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष ढकालले बताए । साथै उनले कोहलपुर क्षेत्रमा रहेकोे कला, कलाकारिता र कलाकारहरुलाई बाहिर चिनाई अन्य क्षेत्रमा पहिचान दिलाउन कार्यक्रम आयोजना गरिएको बताए ।

सो कार्यक्रममा साहित्यकार सागर गैरे, सशस्त्र प्रहरी नायव निरीक्षक लङ्क बहादुर रोकाय, कथाकार तथा साहित्यकार चिन्तामणि उपाध्याय, केशव निमेश लगायतको सहभागिता रहेकोथियो ।

प्रतिष्ठान, कला विभाग कोहलपुरका संयोजक विक्रम शिशिरको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव पुष्कर रिजालले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १३ गते आइतबार