बार्दिया/ बार्दियाको अस्नेरी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । बाँसगढी नगरपालिका वडा नम्बर ४ मा पर्ने अस्नेरी क्षेत्र विकासका दृष्टिले विकट क्षेत्रको रुपमा चिनिन्छ । तर बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँगै सटिएको अस्नेरी क्षेत्र मनमोहक वातावरणसँगै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने थुप्रै आधारहरु रहेका छन । त्यस मध्यको महत्वपुर्ण क्षेत्र भास ताल पनि हो ।
अस्नेरी क्षेत्रमा रहेको भाँस तालमा प्रत्येक वर्ष पिकनिक खान आउनेहरुको भिड हुने गरेको स्थानीयहरुको भनाई छ । एक वर्ष अगाडि भाँस ताल जाने बाटो अपठ्यारो भए पनि अहिले भने सबै बाटोमा ग्राभेल गरिएको अस्नेरीमा २५ मिटरको पक्की पुल समेत निर्माण गरिएको छ ।
बाटो राम्रो नहुँदा ठुला बसहरु भाँस तालसम्म जान सक्ने स्थिति थिएन तर अहिले भाँसतालसम्म जाने बाटो ग्राभेल गरिएको छ । भाँस ताल अहिले पनि पिकनिक स्पोर्टको रुपमा चिनिएको भए पनि यसलाई अझै संरक्षण गर्नु पर्ने देखिएको स्थानियहरुको भनाई छ । भाँस ताललाई संरक्षण र पिकनिक स्पोर्टको रुपमा विकास गर्न सकिए मात्रै पनि अस्नेरी क्षेत्र पिकनिक स्थलको रुपमा परिचित हुने सम्भावना प्रवल रहेको युवा अमर बिकले बताए ।
विभिन्न समुदायका १ सय ५० बढी घरधुरी बसोबास गर्ने अस्नेरी गाँउलाई नमुना गाँउको रुपमा विकास गरी होमस्टे सञ्चालन गर्न सकिने, अस्नेरी गाँउको वरिपरि रहेको रिङ रोडको विकास गर्न सके पर्यटकहरु आकर्षण गर्न सकिने र सिमसार क्षेत्रको रुपमा विकास गर्न सकिने, प्रशस्त घाँसे मैदा रहेको, भाँस ताललाई पिकनिक स्पोर्टको रुपमा विकास गर्न सकिए पर्यटकिय क्षेत्रको रुपमा अस्नेरी क्षेत्रलाई विकास गर्न सकिने प्रशस्त आधारहरु रहेका छन् ।
अस्नेरी गाँउलाई नमुना गाँउ तथा नमुना रिङ रोडको रुपमा विकास गर्न बाँसगढी नगरपालिका, देउती मध्यवर्ती सामुदायिक वन र जनसहभागितामा रिङ रोडमा माटो पटान, नाली निर्माण र ग्राभेल समेत गरिएको मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गोकर्ण वलीले बताए ।
उनले बर्दिया राष्ट्रिय निकुञ्जसँग समन्वय गरी सिमसार क्षेत्रको रुपमा विकास गर्ने, सरकारी निकाय र अस्नेरीका समुदायहरुको निरन्तर सहयोग र साथ रह्यो भने अस्नेरी क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने सोचका साथ अगाडि बढेको बताए । त्यस्तै समाजसेवी तथा गाँउका अगुवा रामसिंह खत्रीले अस्नेरी क्षेत्र एउटा बफर क्षेत्र रहेको र विभिन्न वन्य जन्तुहरुको पनि अवलोकन गर्न सकिने बताए ।
स्थानीय समाजसेवी रत्न बहादुर दमाईले अस्नेरी क्षेत्रमा विभिन्न जंगली जनावरले हैरानी गराउने भएकाले सम्बन्धी निकायले तारबारको व्यवस्था गरिदिन र यस क्षेत्रको विकासमा चासो देखाउन आग्रह गरेका छन् ।
समाजसेवी तथा गाँउका अगुवा शसे रोकायले अस्नेरी क्षेत्रका समुदाय जंगली जनावरहरुबाट पीडित, विकासको दृष्टिले पनि पछाडि परेका छन् ।
उनले भने यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके यहाका समुदायको जिवनस्तर पनि उकास्न सकिने, गाँउलाई पनि चिनाउन सकिने र यस क्षेत्रको विकास पनि हुने भएकाले यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिनु पर्छ भनेर सिगो गाँउ लागि रहेको बताए । स्थानिय हेमा भण्डारीले अहिले गाँउमा रिङ रोड बन्दै गरेको र यहाँका समुदाय सबै मिलेर ग¥यौ भने अस्नेरी गाँउलाई नमुना गाँउ बनाउने सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्