कोहलपुर/ कोहलपुरमा पहिलो पटक छाला तथा जिन्सको झोला र पाईन्ट उत्पादन उद्योग सञ्चालनमा आएको छ ।
कोहलपुर १० मा स्थानीय भरत केसीले आरके टेक्सटाईल उद्योगमार्फत झोला र जिन्स पाईन्टको उद्योग सञ्चालनमा ल्याएका हुन् ।
५० लाख लगानीमा उक्त उद्योग संचालनमा आएको सञ्चालक केसीले जानकारी दिए । मंगलबार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रप्रसाद अधिकारी र वडा नम्बर १० का अध्यक्ष निरज चलाउनेले उद्योगको संयुक्त उद्घाटन गरेका हुन् ।
उद्योगमा अहिले ११ जनाले रोजगारी पाएका छन् भने थप कामदार राखिने सञ्चालकले बताएका छन् । अब काठमाण्डौको मूल्यमा उद्योगबाट छालाको झोला र जिन्सको पाईन्ट, ब्याग पाईने केसीले जानकारी दिए ।
काचाँे कपडा समेत उद्योगबाट विक्रि वितरण हुने बताइएको छ । उद्योगमा १० वटा मेसिन राखिएको छ । यहाँबाट उत्पादित झोला र जिन्सका पाईन्ट प्रदेश नम्बर ५ र ६ मा खपत गरिने भएको छ ।