29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

थारु संस्कृतिको बेग्लै पहिचान छ : गायक परियार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १, २०७५  

कोहलपुर/  राप्तीसोनारी गाउँपालिका वडा नं. ३ बैजापुरका थारु गायक विश्वसागर परियार थारु गायनबाट नै चर्चा कमाउन सफल भएका छन् । बाँकेको विगत क्षेत्र सुगम जिल्लाको दुर्गम बस्तिमा जन्मेका चर्चित थारु गायक परियारले थारु गायनलाई आफुले चर्चामा ल्याएको दावी गर्नुहुन्छ ।

पछिल्लो समयमा जताततै विश्वसागर कै गित गुन्जनले आफुलाई थारु संस्कृतिलाई जगेर्ना गर्ने झन हौसला थपेको बताउनुहुन्छ । थारु गित संगितबाटै यस क्षेत्रमा हजारौ दर्शकको मन जित्न सफल भएको पाउदा खुसी भएको महसुस हुने गरेको गायक परियारले बताउनुहुन्छ ।

थारुगाउँमा जन्मे हुर्केका गायक परियार थारु गितलाई निरन्तरता दिने र थारु कला संस्कृतिलाई बचाउने हर सम्भव प्रयत्नरत रहने बताउनुहुन्छ । दुई दर्जन बढि थारु गीत संगितमा स्वर दिएका गायक परियार कहाँ जाइतो गोरी लचकाइके कमरिया बोलको गीतबाट आफ्नो गायन क्षेत्रलाई सुरुवात गर्नुभएको थियो ।
गायक परियार पछिल्लो समयमा थारु गीतलाई प्रथामिकता दिदै थारु गायकको रुपमा स्थापित हुनुभएको छ । थारु गायनलाई आफ्नै शव्द, लय र स्वरमा धमाधम गीत निकालिरहनु भएका परियार नयाँ मोडल तथा नयाँ पुस्तालाई लक्षित गरेर गायनलाई अगाडी बढाउने सोच समेत रहेको दावी गर्नुहुन्छ ।

पछिल्लो समयमा थारु कला संगितमा नयाँ युवापुस्तालाई समेत भित्राउने उहाँले बताउनुभयो । अहिलेको युवापुस्तालाई मध्यनजर गरेर जस्तो सुकै बर्गलाई लक्षित गरि गायनलाई थप उर्जा बनाउने सोचका साथ अगाडी बढेको गायक परियारले बताउनुहुन्छ ।

गायक परियार थारु भाषा र संस्कृतीलाई आसाध्यै माया गर्ने बताउँदै भन्नुहुन्छ ‘थारुकै कोखबाट जन्मेको भए अझै आफूलाई भग्यमानी ठान्ने थिए र अरुले मलाई अझ थारु गित संगितमा अरुको साथ पाउने जिकिर गर्नुहुन्छ ।
आफु परियार भएकै कारण कतिपय ठाउँमा प्रश्न समेत उठ्ने गरेको सुन्दा चित्त दुख्ने गरेको गायक परियारले भन्नुहुन्छ । थारु गाउँमा जन्मेर होला मलाई थारु संस्कृति नै मनपर्छ ।

थारु संस्कृतिको वेग्लै कथा छ म सधै थारु संस्कृतिलाई माया गर्ने र संस्कृति बचाउ तिर लाग्ने दावी गर्नुहुन्छ गायक परियार । गायनतर्फ गाउँबस्ती शहरमा मेरै चर्चा भैरहेको सुन्दा आफुलाई थारु समुदायमा केही गरेको जस्तो महशुस हुने गरेको गायक परियारले बताउनुहुन्छ ।

गायन क्षेत्रलाई निरन्तरता दिने उहाँको सोचका साथ केही दिनमै ७ वटा थारु गित वजारमा ल्याउने तयारीमा रहेको गायक परियारले बताउनुभयो । गायक परियार गायक मात्र नभई मोडेलको भुमिकामा समेत अभियन गरिसकेका छन् । परियार यसअघि दुईवटा थारु फिल्ममा समेत मुख्य कलाकारको भुमिका निर्वाह गरिसकेका छन् । थारु फिल्म बन्दीदी र प्रेमके बस्तिमे अभिनय गरिसकेका छन् ।

प्रकाशित मितिः मङ्लबार, साउन १, २०७५     8:41:04 PM  |