8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

पाकिस्तानले जित्यो त्रिदेशीय क्रिकेटको उपाधि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २५, २०७५  

जिम्बाबे र अष्ट्रेलियासहितको त्रिदेशीय ट्वेण्टी ट्वेण्टी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार हरारेमा भएको फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै पाकिस्तानले उपाधि उचालेको हो ।

Australian batsman Aaron Finch, center, plays a shot during the T20 cricket match against Pakistan at Harare Sports Club, Monday, July, 2, 2018.Zimbabwe is playing host to a tri nation series between Australia and Pakistan with all matches played as Twenty20 Internationals(AP Photo/Tsvangirayi Mukwazhi)

१ यय ८४ रनको लक्ष्य पाकिस्तानले खेल सकिन ४ बल बाँकी हुँदै ४ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन फकार जमानले ९१ र सोइब मलिकले नटआउट ४३ रन बनाए । फकारले ४६ बलमा १२ चौका र ३ छक्का र सोइबले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलयाले २० अ‍ोभरमा ८ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । अष्ट्रेलियाका डे आर्कि श्रोटले ७६ रन बनाएका थिए । उनले ५३ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै, आरोन फिन्चले २७ बलमा ४७ रनको योगदान गरे पनि अष्ट्रेलियाको जितका लागि त्यो पर्याप्त भएन । पाकिस्तानका मोहम्मद आमीरले ३ विकेट लिए ।

प्रकाशित मितिः सोमवार, असार २५, २०७५     7:55:53 AM  |