बर्दिया/ बर्दियामा लामो समयदेखि पत्रकारिता गरिरहेका दुईजना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले स्थापना गरेको नागरिक शहिद गोविन्द पाण्डे स्मृती पत्रकारिता पुरस्कारबाट बर्दियाको बाँसगढी क्षेत्रबाट पत्रकारिता गरिरहेका एकराज चौधरी र राजापुर क्षेत्रबाट पत्रकारिता गरिरहेका गान्दिपलाल कायस्थ सम्मानित भएका हुन् ।
सम्मानित एकराज चौधरी बर्दिया जिल्लामा विगत् १८ वर्ष देखि निरन्तर रुपमा पत्रकारिता गरिरहेका छन् । भित्तेपत्रिका प्रकाशनबाट पत्रकारिता सुरु गरेका चौधरीले थारु भाषाको ख्याल कार्यक्रमदेखि हाल थारु भाषामा आधारित रहेर गुर्बावा एफ.एम.सञ्चालन गरेका छन् । उनी सरल जीवनशैली अपनाउने चौधरी निरन्तर रुपमा पत्रकारिता गर्ने मध्ये एक हुन् ।
त्यसैगरी अर्का सम्मानित गान्दिपलाल कायस्थ बर्दियाको विकट क्षेत्र राजापुर क्षेत्रमा बसेर विगत् १० वर्ष यता पत्रकारिता गरिरहेका छन् । रेडियोबाट पत्रकारिता सुरु गरेका कायस्थले राजापुर क्षेत्रमा बसी निरन्तर रुपमा पत्रकारिता गरिरहेका छन् । राजापुर क्षेत्र छापा सञ्चार माध्यमबाट अलग रहेको बेलामा कायस्थले पत्रिका प्रकाशन गरेर निरन्तर रुपमा पत्रकारिता गरेका छन् । उनी हाल कोठियाघाट साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् ।
प्रेस चौतारी बर्दियाले पत्रकारद्वयलाई कदरपत्रसहित नगद रु ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । प्रेस चौतारी बर्दियाले हरेक वर्ष एक जनालाई पत्रकारिता पुरस्कार प्रदान गर्ने बताएको छ । गत वर्षको र यस वर्षको पत्रकारिता पुरस्कार एकै पटक प्रदान गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष डिलप्रकाश गौतमले बताए ।
पाँच वर्ष अघि नागरिक शहिद गोविन्द पाण्डे स्मृती पत्रकारीता पुरस्कारको लागि करिब ५३ हजारको अक्षयकोष स्थापना गरिएकोमा यस वर्ष अक्षयकोष राशी थप गरी करिब एक लाख पचास हजार पु¥याइएको छ । अध्यक्ष गौतमका अनुसार आगामी ३ वर्ष भित्र पाँच लाख अक्षय कोष राशी पु¥याएर प्रदेश स्तरीय र ५ वर्ष भित्र १० लाख अक्षय कोष राशी पु¥याएर राष्ट्रिय स्तरको पुरस्कार घोषणा गर्ने लक्ष्य रहेको छ ।
त्यसैगरी प्रेस चौतरी नेपाल जिल्ला शाखा बर्दियाले अक्षयकोष राशी वृद्धि गर्न सहयोग गरेको भन्दै गुलरिया नगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रताप कुमार गौतमलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । त्यसैगरी बर्दियामा बसी उल्लेखनिय काम गरी सरुवा भएका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतलाई समेत कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्