10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

तीन महिने कम्प्युटर तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १७, २०७५  

खजुरा (बाँके)/   बाँकेको खजुरामा सुरु भएको तिन महिने आधारभुत कम्पयुटर तालिम तथा कम्प्युटर अपरेटर तयारी कक्षा सम्पन्न भएको छ ।

रेडिकल कम्प्युटर सेन्टरको आयोजना तथा खजुरा गाउपालिका वडा नं. ३ र ४ को आर्थिक सहयोगमा सुरु भएको सो तालिमको शनिवार समापन गरिएको हो । कार्यक्रममा बोल्दै खजुरा गाउपालीकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले तालिममा सिकेको कुराहरुलाइ व्यवहारमा उतार्नका लागि सुझाव दिए ।

उनले विगतको तुलनामा टेक्नोलोजीले ठुलो फड्को मारेको भन्दै कम्प्युटरमा पछि पर्ने मान्छेले प्रगती गर्न नसक्ने बताए । यस्तै खजुरा गाउपालीकाका उपाध्यक्ष एकमाया विकले लगानी ठुलो कुरा नहुने भन्दै त्यस लगानीले जिवनमा कति प्रभाव पा¥यो भन्ने कुरा नै ठुलो हुने बताइन् ।

उनले कम्युटर सम्बन्धी सिकेका कुरालाइ जग बनाएर रोजारीमा उभिन सुझाव दिए । खजुरा गाउ पालीका वडा नंं. ३ का अध्यक्ष कान्तुराम गौतमले जेहेन्दार, गरिब तथा दलित युवाहरुलाइ लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

उनले आफनै ठाउँमा पनि रोजगार सम्भव भएको भन्दै सुरुमा आफुलाई निखार्न सुझाव दिए । यस्तै खजुरा गाउपालीका वडा नं. ४ का अध्यक्ष तिलकबिर सुनारले आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने आश्वासन दिए ।

तिन महिने अवधिमा सिकेका कम्प्युटरका सिकाइहरुलाइ विचमै नछोड्न आग्रह पनि उनले गरेका छन् । कार्यक्रम रेडिकल कम्प्युटर सेन्टरका प्रमुख होम दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । दुवै वडाका ५५ जनालाई तालिम दिइएको थियो ।

प्रकाशित मितिः आइतवार, असार १७, २०७५     9:17:23 AM  |