8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

नेपालगन्ज उपमहानगरको २ अर्ब ४३ करोड बराबरको बजेट सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १०, २०७५  

नेपालगन्ज/ नेपालगन्ज उप–महानगरपालिकाले आ.व. २०७५/०७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ ।

आईतबार आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय÷व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो ।

उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले आगामी आ.व.मा ऐसियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान १ अर्ब ११ करोड समेत गरि कुल आय २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ हुने अनुमान वजेट सार्वजनिक गरिन ।

प्रस्तुत वजेट वक्तव्यमा आर्थिक वर्ष ०७३÷०७४ मा आन्तरिक श्रोततर्फ १२ करोड १६ लाख २५ हजार आय अनुमान गरिएकोमा १० करोड ३१ लाख ५२ हजार राजस्व असुल भई करिब ८५ प्रतिशत लक्ष्य हासिल भएको र चालू आर्थिक वर्षको बैशाखसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गरि आन्तरिक श्रोत अनुमानको ९० प्रतिशत भन्दा बढी लक्ष्य प्राप्ती हुने अनुमान गरिएको छ ।

आगामी आवको आन्तरिक श्रोतको आय अनुमान १५ करोड ११ लाख प्रस्ताव गरिएको छ । गत आ.व. ०७३÷७४ मा व्यय तर्फ चालू खर्च २० करोड ३३ लाख ९२ हजार र पूंजिगत खर्च ३२ करोड ३४ लाख ६ हजार रहेको छ ।

चालु आर्थिक वर्षको हाल सम्मको संसोधित खर्च चालु खर्च तर्फ ९० प्रतिशत भन्दा बढि र पुँजीगत खर्च तर्फ ८० प्रतिशत भन्दा बढी खर्च हुने अनुमान रहेको छ ।

आगामी आ.व.०७५÷७६ को ब्यय अनूमान चालू खर्च तर्पm सशर्त अनुदान तर्फ समेत गरी ५४ करोड ४ लाख ५० हजार र पूंजिगत खर्च तर्पm १ अर्ब ८७ करोड १८ लाख १३ हजार ३६ हुने अनुमान गरिएको छ ।

यसमा चालु खर्च करीब २२ प्रतिशत र पूँजिगत खर्च करीब ७८ प्रतिशत रहने अनुमान छ । पुँजीगत खर्चमा एकीकृत तथा क्षेत्रीय शहरी विकास आयोजनाको अनुदान र ऋण रकम करीब १ अर्ब ११ लाख रहेकोले चालु र पुँजीगत खर्च बीचको अनुपातमा भारी फरक देखिएको हो ।

प्रकाशित मितिः आइतवार, असार १०, २०७५     7:39:50 PM  |