बालविकास केन्द्रलाई सामाग्री हस्तान्तरण



कोहलपुर/  बाँकेको राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय अन्र्तगत ५६ वटा बालविकास केन्द्रलाई वसाई व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण गरिएको छ ।

कोकाकोला फाउण्डेशन र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बाढीबाट प्रभावित बालबालिकाहरुको शिक्षामा पहुच कार्यक्रम अन्र्तगत बालमैत्री बसाई व्यवस्थापनका लागि सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकामा शुक्रबार आयोजित एक कार्यक्रममा गाउँपालिका तथा गाउँ शिक्षा समितिका अध्यक्ष लाहुराम थारुलाई सो सामाग्रीको विवरण सहितको पत्र र सामाग्री हस्तान्तरण गरिएको हो ।

युनेस्को क्लबका बरिष्ठ सल्लाहकार निरज गौतमले सो सामाग्री विवरणसहितको पत्र र सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारुले यो सहयोगले प्रारम्भिक शिक्षामा अध्ययन गर्ने साना बालबालिकाहरुको शिक्षाको बाटोको विकाससंग ठुलो सहयोग पुगेको बताए ।

उनले यस्ता सहयोगले शिक्षाको गुणस्तर सुधार गर्नमा समेत मद्दत पुगेको भन्दै गाउँपालिकामा शिक्षाको अवस्था सुधारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका थारुले गाउँपालिका अन्र्तगतका विभिन्न विद्यालयहरुको अनुगमन समेत गरेकाले गुणस्तरिय शिक्षा, नियमित शिक्षक हाजिरी र बालबालिकाहरुको सिकाइ उपलब्धी वृद्धि गर्नेतर्फ शिक्षकहरुले विशेष ध्यान पु¥याउनुपर्ने कार्यमा जोड दिए ।

५६ वटा बालविकास केन्द्र अन्र्तगत २८ वटा बालविकास केन्द्रलाई कार्पेट, ३२ वटा बालविकास केन्द्रलाई पि फम र ५६ वटा केन्द्रलाई कुशन गरी कुल ९ लाख १६ हजार ५४३ रुपैयाँ बराबरको सामाग्री रहेको छ ।

हस्तान्तरण कार्यक्रममा सहभागि केन्द्र तथा विद्यालयका शिक्षकलाई सो सामाग्री प्रदान गर्ने युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताए ।

जिल्लामा बाढी प्रभावित बालबालिकाहरुको गुणस्तर शिक्षामा पहुचका लागि सो परियोजनामार्फत सो गाउँपालिकाका विद्यालय र बालविकास केन्द्रलाई विभिन्न शैक्षिक सामाग्री प्रदान र ३६ वटा विद्यालयमा मर्मत सम्भार गरिसकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रबार