कोहलपुर/ कोहलपुर नगरपालिका वडा नं. १२ को वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।
एकलौटी ढंगबाट टोल विकास संस्था गठन गरिएको भन्दै नेपाली काँग्रेस सम्वद्ध कार्यकर्ताहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन ।
उनिहरुले योजना छनोट प्रक्रियामा समेत वडा कार्यालय पुर्वाग्रही भएको आरोप लगाएका छन ।
खनेपाली काँग्रेस वडा नं. १२ का सभापती गोबिन्द प्रसाद ढकालको नेतृत्वमा वडा कार्यालय पुगेका काँग्रेस समर्थक कार्यकर्ताहरुले वडा कार्यालय परिसरमा नाराबाजी गर्दै अनिश्चितकालिन तालाबन्दीको घोषणा गरेका हुन ।
प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्