10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

दोषीलाई कडा कारवाहीको माग गर्दै ¥याली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार ४, २०७५  

कोहलपुर/   कोहलपुरका सिलाई तथा कपडा व्यवसायी रुपलाल परियार लाई कुटपिट गर्ने नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुलाई कडा कारबाहीको माग गर्दै आइतबार कोहलपुरमा शान्तिपुर्ण ¥याली निकालिएको छ ।

कोहलपुर कपडा व्यवसायीको नेतृत्वमा ¥याली निकालिएको कोहलपुरको पिपलचौताराबाट सुरु भई न्युरोडमा पुगि कोण सभामा परिणत भएको थियो । ¥याली मा कोहलपुर उद्योग वाणिज्य संघ, नेपाल इेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ , नेपाल कपडा तथा सिलाई व्यवसायी संघ लगायतका संघ संगठनहरुको सहभागीता रहेको थियो ।

कोण सभामा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नम प्रसाद शर्माले कपडा व्यवसायी परियार माथी भएको घटना निन्दनीय भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग गरे ।

एक जना व्यवसायी माथी हमाला हुनु भनेको ३३ सय व्यवसायी माथी हमला भएको र यस्ता घटना भन्दै दोषीलाई कारबाही गर्न आनाकानी गरिए उद्योग वाणिज्य संघ कडा रुपमा उत्रर्ने बताए । त्यस्तै कोहलपुर कपडा व्यवसायी संघका अध्यक्ष मेघराज अधिकारीले घटनाको घोर भत्र्सना गर्दै दाषीहरुलाई तत्काल कारबाही हुनुपर्ने बताए ।

बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका निर्वतमान अध्यक्ष बालकृष्ण दियालीले व्यवसायी परियार माथी भएको घटनाले सबै व्यवसायी त्रसित भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरे ।

यता इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराईले शनिबार बिदा भएकोले आइतबार मुद्दा दर्ता गरिएको र घटनामा दोषी ठहरिएका पुष्कर शाह र एलिना शाही काठमाडौंबाट आउदै गरिएको र उनीहरुलाई झिकाएर कारबाही प्रक्रिया अगाडी बढाईने बताए ।

कोण सभामा कोहलपुर कपडा व्यवसायीका संघका सचिव ईन्द्र पौडेल लगायतले दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।

प्रकाशित मितिः सोमवार, असार ४, २०७५     7:34:20 AM  |