कोहलपुर,३० जेठ/ सरकारले पेट्रोलियम पदार्थमा अस्वभाविक मुल्य बृद्धि गरेको भन्दै नेवि संघ ले मंगलबार कोहलपुरमा राँके जुलुस निकालेको छ ।
सरकारले बारम्बार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्दा उपभोक्ताको ब्ययभार बढ्दै गएको भन्दै नेवि संघले बिरोध स्वरुप कोहलपुर जुलुस निकालेको हो । साथै नेवि संघले तत्काल मुल्य बृद्धि फिर्ता लिन सरकारसँग माग समेत गरेको छ ।
प्रकाशित मिति : २०७५ जेठ ३० गते बुधबार









प्रतिक्रिया दिनुहोस्