सल्यान,२८ जेठ/ सल्यानको बनगााड कुपिण्डे नगरपालिकाको वडा नं १ गैरीबजारमा शनिबार राती बाढी पसेका कारण ४० घर प्रभावित बनेका छन् । राती ३ वजे सल्लीबजारमा स्थानीय बन्गाड खोलामा आएको बाढी पस्दा स्थानीय व्यापारिको करोडौंका सर समान डुवेको छन ।
सल्लीवजार सगैं रहेकोको गैरीवजारमा ४० घरमा वाढि पसेको छ भने माथिल्लो वजारमा पनि अधिकांश व्यापारिको गोदाम र पसलमा पानी पसेको ईलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारका प्रहरी हवलदार गोविन्द ढकालले जानकारी दिए ।
माथिल्लो वजारमा खहरे खोलाले स्थानीय सेतु वि.कको घर वगाएको छ । मानवीय क्षेती नभए पनि स्थानीयको घरमा पानी पस्दा घरका माल सामानमा क्षेती पुगेको बताएको छ । समान्य किराना पसल थोक तथा फुटकर पसलहरुमा पुर्ण रुपमा ठुलो क्षेती पुगेको प्रहरीको भनाई रहेको
छ ।
बनगाड खोलाको निमार्णाधिन पक्कीमा २ वटा मात्र ह्युमपाईप राखिएका कारण पानी थुनिएर गैरी बजारमा बाढी पसेको बताईएको छ । बाढीबाट गैरी बजारका खगेश्वर शर्माको पसल , दाङाली फोटो स्टुडियो, मनि फर्निचर, वेम्बो कटेज, पुर्णिमा होटल र बागलुङ हार्डवयरको सिमेन्ट रहेको गोदाम, मेनुका किराना तथा थोक पसल लगाएत ३ दर्जन पसलहरुको सम्पुर्ण समान केहि वगेको छ भने केहि समान भिजेका छन ।
बाढीका कारण छिन्चु जाजरकोट सडक खण्डको बनगाड खोलाको निमार्णाधिन पक्की पुलको ढलानको सम्पुर्ण तयारी अवस्थामा रहेको पुल वगाएको छ ।त्यसै गरि सल्ली चौहरजारि सडक खण्डको नाथेखोलाको निर्माणधिन पक्की पुललाइ समेत आँशिक क्षती पुगेको छ ।
छिन्चु जाजरकोट सडक खण्ड र रुकुम चौहरजारी सडक खण्डलाई अविरल परेको वर्षाले क्षेती पुर्याएको छ । ठेकेदारको लापरवाहिले समयमा काम नहुदाँ बन्गाड खोलाका निमार्णधिन पुलको सेटिङका समान वगाएको छ गैरीवजारका अधिकांश व्यापारिहरुको पसलमा यो सहित ३ पटक खोला पसेको छ । इप्रका सल्लीवजारले क्षेतीको लागत संकल गरिरहेको छ भने अधिकांश गैलीवजार बासी विस्थापित भएका छन् ।
साथै बनगाड जिउलामा रोपाइँको लागि तयार पारिएको सयौ रोपनी खेतमा लगाएको धानको व्याड् खोलाले पुरेर क्षेती पुगेको कारण रोपाइँमा गर्न समस्या हुने वडा न ५ का वडा सदस्य गोपी सुनारले जानकारी दिए ।