नेपालगन्जबाट जुम्लाका लागि उडेको विमान दुर्घटना



जुम्ला,२६ जेट/  नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ ।

नेपालगञ्ज विमानस्थलबाट आज दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९ ए.ई.भी जहाज जुम्ला विमानस्थलमा २ बजेर ५० मिनेटमा अवतरण गर्ने क्रममा टायर पञ्चर भएर दुर्घटना भएको बताइएको छ ।

चालक दल (पाइलट, कोपाइलट र एयर होस्टेज)सहित १९ जना सवार जहाज अवतरणका क्रममा टायर पञ्चर भएपछि धावनमार्गमा चिप्लिएर तार जालीमा अड्किएको थियो ।

घटनामा मानवीय क्षति भने भएको छैन्। बुढाका अनुसार सम्पूर्ण यात्रु सकुशल छन् । सुरक्षाकर्मी र स्थानीयले यात्रुको उद्दार गरेका छन् । जहाजलाई क्याप्टेन जेके निरौलाले उडाएका थिए भने हिक्मत रोकाया कोपाइलट थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २६ गते शनिबार