अटो रिक्सा दुर्घटनामा तीन जना घाइते



सल्यान, २३ जेठ/  सल्यानको बन्गाड कुपिन्डे नगरपालिकाको आँपखोली नजिकै अटो रिक्सा अस्थायी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

सुनौलीबजार देखि सल्लीबजार जाँदै गरेको अस्थायी नम्बर से १ त ३९१४ नम्बरकोअटो आपखोलीको मोड्मा दुर्घटना भएको हो ।

दर्घटनामा सल्यान बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ की २२ वर्षीया कमला परियार, उनका ११ महिनाका छोरा हेमन्त परियार र वडा ६ वर्ष ३१ कि गौरी गन्धर्व घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

हिजो मात्र सन्चालनमा आएको अटो दुर्घटना भएको हो । अटो दुर्घटना तीब्र गतिको कारण भएको हुना सक्ने अनुमान गरिएको छ ।

घाइते सबैलाई उपचारका लागि नेपालगन्ज नर्सिङ होममा ल्याइएकोे अस्थायी ट्राफिक प्रहरी कार्यालय सल्लीबजारका जिवलाल भुसालले जानकारी दिनु भएको छ भने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २३ गते बुधबार