कोहलपुर,२२ जेठ/ कोहलपुरमा सामाजिक परीक्षणबारे अन्तक्र्रियात्मक अभिमुखीकरण सम्पन्न भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेको सहयोगमा बासले उक्त कार्यक्रम सम्पन्न गरेको हो । कोहलपुर स्वास्थ्य चौकीका सरोकारवालाहरुलाई उक्त अभिमुखीकरण सम्पन्न गरिएको हो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाह र उपनिर्देशक हेमराज भट्टले सहजीकरण गरेको कार्यक्रममा कोहलपुर स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कर्ण बहादुर थापा, व्यवस्थापन समिति उपाध्यक्ष सिता देवि पौडेल, व्यवस्थापन समिति सदस्य गोविन्दराज श्रेष्ठ, मणिराम रिमाल र चौकी इन्चार्ज अनिल सेन ठकुरी लगायत स्वयंसेविकाहरुको सहभागिता थियो ।
अभिमुखिकरणमा सामाजिक परीक्षणको अवधारणा, सामाजिक परीक्षण विधि, प्रक्रिया र सहभागिताका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो ।
प्रकाशित मिति : २०७५ जेठ २२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्