नेपालगन्ज गोल्डकप आजदेखि शुरु



कोहलपुर,२१ जेठ/  बाँकेको खजुरा स्थित डी गाउँमा आजदेखि टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप प्रतियोगिता सुरु हुँदैछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोतिता नेपाल राष्ट्रिय आदर्श निमावि, डीगाउँको खेल मैदानमा हुने संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।

प्रतियोगिताको नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले उद्घाटन गर्ने बताइएको छ । सो प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहने छ ।

नेपालगन्ज–११, सशस्त्र प्रहरी बल, लाल रुपन्देही–११, सुदूरपश्चिम–११, सरस्वती क्लव र सिएमजी संकटा क्लवले तेस्रो नेपालगन्ज गोल्डकपमा सहभागिता जनाउने छन् ।

प्रतियोगिताको उद्घाटन खेल नेपालगन्ज–११ र सशस्त्र प्रहरी बलका बीचमा हुने शाहीले बताउनु भयो । प्रतियोगिता अपरान्ह चार बजेदेखि सुरु हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २१ गते सोमबार