दुई स्वास्थ्य संस्थाको सामाजिक परीक्षण



नेपालगन्ज,१६ जेठ/   बाँकेको टिटिहिरिया र कट्कुईयाँ स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा बास नेपालगञ्जको आयोजनामा सो सामाजिक परीक्ष्ण सम्पन्न गरिएको हो । स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, सुविधाको समिक्षा गरि सुधारको लागि सामाजिक परीक्षण गरिएको हो ।

टटिहिरियामा सम्पन्न सामाजिक परीक्षण अन्र्तगतको आम भेलामा ७ बुँदे प्रतिबद्धता समेत गरिएको छ । स्वयंसेविकाहरुलाई सेवाको सहजताका लागि टर्च, छाता, झोला उपलब्ध गराउने, स्वयंसेविका परिचालनमा सजगता अपनाउने, टिटिहिरियामा रहेका विद्यालयलाई प्राथमिक उपचार बाकस उपलब्ध गराउने, छाला रोग सम्बन्धी शिविर गर्ने, सिकलसेलबारे जनचेतना कार्यक्रम गर्ने, आमा समूहलाई सक्रिय पार्ने, बिरामीलाई खाने पानीको फिल्टर स्वास्थ्यचौकीमा राख्ने रहेका छन् ।

यसैगरी, कटकुईयाँमा सम्पन्न सामाजिक परीक्षण अन्र्तगतको आम भेलामा पनि ५ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । जसमा कम्पाउण्ड वाल निर्माण गर्ने, आवास निर्माण गर्ने, प्लाससेन्टापिट निर्माण गर्ने, पोषण न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, एक जना थप अनमि माग गर्ने रहेका छन् । उक्त कार्यक्रममा ३५ बढिको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १६ गते बुधबार