महिलालाई सेनेटरी प्याड बनाउने तालिम



नेपालगन्ज,११ जेठ/  नेपालगन्ज उप–महानगरको आयोजना, महिला उद्यमी संघ बाँकेको सहजीकरण र यूराशिया रेयुकाईको सहकार्यमामा नेपालगन्जमा बेरोजगार गृहणी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरण गर्न तालिम दिईएको छ ।

महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तथा विक्री वितरणको व्यवस्था गर्न २३ वडाकै महिला सहभागी हुने गरि ५० जनालाई तालिम दिइएको हो ।

घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि बाँकेमा पहिलो पटक घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको हो ।

श्रोत व्यक्तिका रुपमा राजबहादुर चौधरी, शान्ति नकर्मी, सुश्मा सुवेदीले मेशिनबाट सेनटरी प्याडको महत्व, प्याड तथा कपडाको झोला बनाउने तरिका र त्यसको बीक्री लगायतका विषयमा सहजीकरण गरेका थिए ।

तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै नगर उपप्रमुख उमा थापा मगरले सेनेटरी प्याड निर्माणसँगै यसको वजारीरकणका लागि सामुहिक पहलको आवश्यक्ता औल्याईन । व्यवसायिक निरन्तरताले आत्मनिर्भर बनाउन मद्यत पुग्ने भन्दै उनले आगामी दिनमा वडास्तरमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विश्वास व्यक्त गरिन ।

महिला उद्यमी संघ बाँके अध्यक्ष सुशिला गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिममा सहभागीहरु पुष्पा शर्मा, लक्ष्मी खत्री, सुनिता काँधु, रुबी निशा खान लगायतले सिकेका कुरालाई व्यवसायमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संघका महासचिव साबित्री बस्नेताद्वारा सञ्चालन गरिएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष निर्मला गौतमले गरेको कार्यक्रमका सहभागीहरुलाई प्याड बनाउने कपडा, कैंची, सीयो धागो, इन्ची टेप लगायत समेत उपलव्ध गराइएको थियो ।

23
पटक शेयर गरिएको

प्रकाशित मितिः बिहिबार, जेष्ठ १०, २०७५ 8:20:51 PM |
Posted in अर्थ, ताजा समाचार, मुख्य समाचार, समाचार
Prev
कर्णाली क्षेत्रमा चार्टर उडान विहीबारदेखि बन्द

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ११ गते शुक्रबार