कोहलपुर,८ जेठ/ नेपालगन्जमा सम्पन्न प्रदेश नम्बर पाँच स्तरिय प्रथम उपराष्ट्रपति चिल्डे«न गेम्सको उपाधी बाँकेले आफ्नो पोल्टामा पारेको छ ।
मंगलबार सम्पन्न प्रतियोगितामा बाँकेले १० स्वर्ण, ५ रजत र ६ काँस्य पदक प्राप्त गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
रोल्पाले ५ स्वर्ण, १ रजत र २ कास्य पदक हासिल गर्दे दोस्रो भयो भने दाङ ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेस्रो भयो ।
बाँकेले उसु खेलमा ६ स्वर्ण, तेक्वान्दोमा ३ स्वर्ण र २ रजत १ कास्य, करातेमा ३ कास्य, एथ्लेटिक्समा १ स्वर्ण, २ रजत २ कास्य प्राप्त गर्न सफल भयो ।
दोस्रो हुने रोल्पाले तेकाण्दोमा १ स्वर्ण १ रजत १ कास्य करातेमा ४ स्वर्ण १ कास्य प्राप्त गरयो तेसैगरि, तेस्रो हुने दाङले एथ्लेटिक्समा ३ स्वर्ण र रजत तेक्वान्दोमा १ स्वर्ण २ रजत ३ कास्य र करातेमा २ कास्य पदक प्राप्त ग¥यो ।
विजयी खेलाडीहरुलाई प्रदेश सभासदस्य बावुराम गौतम, क्षेत्रीय अध्यक्ष भिम ओली र क्षेत्रिय निर्देशक जयन्त शर्मा लगाएतले पुरस्कार प्रमाणपत्र तथा शिल्ड वितरण गरेका थिए ।
सोमबारदेखि शुरु भएको प्रतियोगीतामा १४ वर्ष मुनिका कक्षा ६,७ र ८ छात्र, छात्राहरुले उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्सका विभिन्न ईभेन्टहरुमा प्रतिस्पर्धा गरेका थिए ।
यस प्रतियोगीताबाट छनौट भएका खेलाडीहरु आगामी जेठ १० र ११ गते काठमाण्डौमा हुने केन्द्रिय उपराष्ट्रपति चिल्ड्रन गेम्समा सहभागिता जनाउन मंगलबार नै त्यसतर्फ प्रस्थान गरेका छन् ।
टोली नेता विक्रमजंग थापाको नेतृत्वमा ५१ सदस्यीय टोली रहेको छ । उनीहरुलाई क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी, प्रशिक्षकलगायतले विदाई गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्