कोहलपुर,५ जेठ/ बाँकेको कोहलपुरबाट प्रसारण हुने रेडियो प्रतिवोध एफएमले बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुलाई शुक्रबार रेडियो वितरण गरेको छ ।
बैजनाथ गाउपालिको सहयोगमा रेडियोले बैजनाथ गाउँपालिकाका सबै वडाका वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरुलाई गरी १६ वटा रेडियो वितरण गरिएको रेडियोका स्टेशन प्रमुख हेमन्त वि.क जानकारी दिए ।
रेडियो वितरण कार्यक्रममा बोल्दै बैजाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले रेडियोले गाउँपालिका भित्रका सबै वर्ग र तहका कुराहरु उठान गरेर समस्या समाधान गर्नका निम्ति जनप्रतिनिधिहरुलाई खबरदारी गर्नुपर्ने बताए ।
इन्रुडेक बाँकेका कार्यक्रम संयोजक सुमन विश्वकर्माले रेडियोले स्थानीय विकास र सुशासनका क्षेत्रमा रेडियाले निरन्तर उत्पादन र प्रसारण गरेर उल्लेखनिय काम गरेको बताए ।
रेडियो कार्यक्रम हाम्रो गाउँपालिका राम्रो गाउँपालिका अन्तर्गत जनप्रतिनिधिहरुले रेडियो सुनेर स्थानीय विकास र सुशासनका सवालमा रेडियो पृष्ठपोषण दिने र सोही अनुसार कार्यक्रम उत्पादन सहज होस् भन्ने उद्देश्यले रेडियो वितरण गरिएको रेडियोकी कार्यक्रम संयोजक पवित्रा परियारले बताइन् ।
कार्यक्रममा बोल्दै सभापति तथा रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्ध सुनारले रेडियोले पिछडिएको समुदायलाई राज्यको मुलधारमा कसरी ल्याउन सकिन्छ भनेर परिर्वतन र समाज रुपान्तरणका विषयमा निरन्तर कार्यक्रम उत्पादन र प्रसारण गरिरहेको बताए ।
दलित सेवा संघद्वारा २०६७ सालमा स्थापना भएको रेडियोले दैनिक १६ घण्टा प्रसारण सेवा प्रवाह गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्