कोहलपुर,३ जेठ/ बुधबार सवारी दुर्घटनामा मृत्यु भएका शिक्षक ऋषिराम चापागाईका परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दे आफन्तजन तथा विभिन्न विद्यार्थी संगठनहरुले बिहीबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा नाराबाजी गर्दै कार्यालय घेराउ गर्नुका साथै यातायात समेत अवरुद्ध पारेका छन् । 
यस्तै उक्त घटनाको छिटो भन्दा छिटो सत्य तथ्य छानविन गरी पिडितलाई क्षतिपुर्तिको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले संयूक्त रुपमा बिहीबार नै प्रेस विज्ञप्ती जारी गरेका छन् ।
सो प्रेस विज्ञप्तीमा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका स्ववियू सभापति दिनेश केसी, अनेरास्ववियू बाँके क्षेत्र नं.१ का क्षेत्रीय सभापति सुमन घिमिरे, नेवि संघका प्रतिनिधि कमल शाही, अखिल क्रान्तिकारीका जिल्ला सदस्य महेश बस्नेत र राष्ट्रवादी विद्यार्थी संघका महामन्त्री विजय काफ्लेले हस्ताक्षेर गरेका छन् ।
संयूक्त विद्यार्थी संगठनद्वारा हस्ताक्षेरित विज्ञप्तीमा शुक्रबार कोहलपुर नगरभित्रका शैक्षिक संस्थाहरु बन्दको घोषणा समेत गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्