प्रतिवद्धता सडक नाटक समापन



कोहलपुर,३ जेठ/  बाँकेको कोहलपुर नगरपालिकामा गत २७ गतेदेखि सुरु भएको महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत प्रतिबद्धता सडक नाटक बुधबार समापन गरिएको छ ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र दियालो परिवार कोहलपुरको समन्वयमा र प्रस्तुतिमा पर्दशन गरिएको सो सडक नाटकमा दियालो परिवार कोहलपुरका कलाकारहरुले कोहलपुर नगरपालिकाका १५ वटै वडामा सडक नाटक प्रदर्शनको गरिएको दियालो परिवार कोहलपुरका उपाध्यक्ष तथा नाटक लेखक र निर्देशक सन्त कुमार विश्वकर्माले जानकारी दिए ।

महिलाहरु माथि हुने हिसांको विरुद्धमा प्रर्दशन गरिएको सो नाटकमा दियालो परिवारका पुर्णिमा पौडेल, सिता विश्वकर्मा, ईन्द्र बाँठा, यमुना रसाइली, सुरेश गन्र्धव, अमर लामिछाने लगायतका कलाकारहरुले नाटक प्रर्दशन गरेका थिए ।

सो नाटक पश्चात महिला सशक्तिकरण अन्र्तगत १५ वटै वडाबाट सिफारिस भई आएका ३० जना महिलाहरुलाई महिला सशक्तिकरण ५ दिने तालिम सञ्चालन गरिने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ३ गते बिहीबार